प्रहरी जवान भोजु रुचाल जागिर र पढाईसंगै अभिनयमा पनि फस्टाउदै (भिडियो सहित)

प्रहरी जवान भोजु रुचाल जागिर र पढाईसंगै अभिनयमा पनि फस्टाउदै (भिडियो सहित)

Bhoju1

नेगम परियार, मनाङ । भोजु रुचालको दोस्रो म्युजिक भिडियो युटुबमा आएको छ । विशाल फिल्मस प्रा.लिको प्रस्तुतिमा बाबुराम कुवरको “खाली सिउदो भर्नी” बोलको पञ्चेबाजाको गीत सार्बजानिक गरिएको छ । उक्त पञ्चेबाजाको गितमा बाबुराम कुवर र देबी घर्तीको स्वर रहेको छ ।

पञ्चे बाजाको सो गीतलाई सहिली क्रियसन प्रा.लिले बजारमा ल्याएको हो । शब्द लेखन तथा संगित हुम गैरेको रहेको छ । निर्देशन भने भागिरथा गाहा मगरले गरेकी हुन । गितको अडियो तथा भिडियोको काम बिशाल फिल्म प्रा.लि.ले गरेको छ । गितमा प्रियंका श्रेष्ठ, राज राई, भोजु रुचाल र बिष्णु थापाको मुख्य भुमिका रहेको छ ।

भोजु रुचालले यस अगाडी पनि गायक श्याम थापा मगरको “गाल पार्यौ” बोलको लोक दोहोरी गितमा मुख्य भुमिका गरिसकेका थिए । यस भिडियोमा रुचालको दुलाहा र हास्य कलाकार गरि दुई भुमिकामा देख्न सकिन्छ । मंसिर महिना विवाहको महिना रहेकोले यो गित बजारमा ल्याईएको गायक बाबुराम कुवरले बताए ।

पाल्पा जिल्ला घर भएका रुचाल पेशाले प्रहरी जवान हुन । हाल जिल्ला प्रहरी कार्यालय मनाङमा प्रहरी जवानमा कार्यरत रुचाल सानै देखि अभिनय क्षेत्रमा आकर्षित थिए । प्रहरीको पेशासंगै उनिले आफनो पढाईलाई पनि तिब्रता दिनुको साथै अभिनय तथा नृत्यमा समेत हात हाल्न भ्याएका छन ।

प्रहरी जवान रुचालले हाल स्नातक चौथो बर्ष को अध्यन गरिरहेका छन । रुचाल भन्छन “ सबैकुरामा समय मिलाएकै छु, चाहेको खण्डमा गर्न सकिने रहेछ ” उनले भने । अझै अन्य म्युजिक भिडियोमा पनि चाडै नै समय मिलाएर काम गर्ने उनको सोच रहेको जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत प्रहरी जवान भोजु रुचालले बताए ।

हेर्नुहोस म्युजिक भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ