बिष्णु खत्रीको ‘बिचल्ली’ (भिडियो सहित)

बिष्णु खत्रीको ‘बिचल्ली’ (भिडियो सहित)

bisnu khatri

परदेश जाने सबैका श्रीमती एकै छैनन् । तर यस्ता पनि छन्, श्रीमान् खाडी पस्ने बित्तिकै बुढा भइसकेका सासुससुरा छाडेर पढाउने बहानामा छोराछोरी च्यापेर बजार झर्छन्, अरुसँगै सल्किन्छन्, छोराछोरीको त बिचल्ली भइहाल्छ, दुई दिनको रसरंगमा भुलेर आफ्नै जिन्दगी पनि अन्धकारमा धकेल्छन् । दुईचार पैसा कमाएर खुशीसाथ जीवन कटाउँला भनेर खाडीमा जोतिएका श्रीमान्हरु घर फर्कदा आफूले पठाएको पैसा, बिहे गरेर छाडेका श्रीमती केही भेट्दैनन् ।

समाजका यस्तै उदाहरणलाई टपक्कटै टिपेर चर्चित लोकगायक बिष्णु खत्रीले नयाँ कोशेली ‘बिचल्ली’ बजारमा ल्याएका छन् । सुमधुर स्वरका धनी बिष्णु खत्रीको आफ्नै शब्द, स्वर, लय मात्र होईन, अत्यन्त मार्मिक बनाइएको भिडियोमा समेत आफै देखिएका छन् । उनलाई अर्का चर्चित गायिका देवी घर्तीले साथ दिएकी छन् । समाजका यथार्थलाई आफूले देखाएर सभ्य र अनुशाषित समाज निर्माणको लागि यो गीतले भूमिका खेल्ने खत्रीको विश्वास छ ।

हेरौं भिडियोः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ