विद्युत प्राधिकरण तनहुँले समयमै विद्युत महशुल नबुझाउने ७ सय ५८ ग्राहकको लाइन काट्यो

विद्युत प्राधिकरण तनहुँले समयमै विद्युत महशुल नबुझाउने ७ सय ५८ ग्राहकको लाइन काट्यो

NEA Tanahun2

किरण श्रेष्ठ, तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले समयमै विद्युत महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाईन काटेको छ ।

महशुल नबुझाउने ७ सय ५८ ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलिले बताए । वितरण केन्द्रले चालु आर्थिक वर्षको चैत मसान्तसम्म महशुल बुझाउन अटेर गरेका ग्राहकको लाइन काटेको हो ।

विद्युत महशुल संकलन विनियमावलि २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ्ग गरेको ७ दिन भित्र महशुल बुझाउने ग्राहकहरु लाई २ प्रतिशत छुट दिइन्छ भने देखि २२ औ दिन सम्म महशुल बुझाएमा बिल अनुसारको महशुल लाग्नेछ ।

६० औ दिनभन्दा बढिसम्म महशुल नतिर्ने ग्राहकको लाईन दैनिक रुपमा काटिएको बितरण केन्द्रले जनाएको छ । लाईन काटेर कारबाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन ।

बितरण केन्द्र तनहुँले चालु आर्थिक वर्षको चैत मसान्त सम्म समयमा महशुल नबुझाउने ७ सय ५८ ग्राहकको लाइन काटि १ करोड २३ लाख ३ हजार ८ सय ६१ रुपैया बाकि बक्यौता असुल गरेको छ ।

लाईन काटिने मध्ये ६ सय ५६ ग्राहकले बक्यौता बुझाएको बितरण केन्द्र तनहुँले जनाएको छ । बक्यौता बुझाउने ग्राहकले लाईन पुन: जोडिएको बितरण केन्द्र तनहुँले जनाएको छ ।

१ सय १७ जना अनाधिकृत विद्युत उपभोक्ता लाई कारबाही

त्यस्तै गरि बितरण केन्द्र तनहुँले अनाधिकृत विद्युत उपभोक्ता लाई कारबाही गरेको छ । बितरण केन्द्रले उक्त कारवाहीबाट ५ लाख ८८ हजार ८१२ रुपैया रकम असुल गरेको छ । मिटर बाइपास गर्ने, मिटरमा पुरा खपत हुन नदिने, मिटरमा अन्य बस्तु प्रयोग गर्ने, मिटरको शिल तोड्ने /बिगार्ने लाई बितरण केन्द्रले कारबाही गएको हो ।

विद्युत चुहावट नियन्त्रण कार्य अन्तर्गत बन्द भएका/बिग्रेका मिटरहरु फेर्ने, मिटरको छड्के निरक्षण गर्ने, मिटर रिसिलिङ्ग कार्य गर्ने, ठुला ग्राहकको टि.ओ.डि. मिटरको खपत युनिट डाउनलोड गरि डाटा एनलाईसिस गर्ने कार्य बितरण केन्द्रले गरेको छ ।

यस आ.व मा करिब ३ सय २ वटा बन्द/बिग्रेको मिटर फेरिएको छ भने करिब ७ सय ४३ वटा ग्राहकको मिटर रिसिलिङ्ग तथा करिब ११ सय ग्राहकको मिटर छड्के निरिक्षण गरिएको बितरण केन्द्र तनहुँले जनाएको छ ।

विद्युत चुहावट घट्यो

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत चुहावट घटाउन उल्लेख्य सफलता प्राप्त गरेको छ । गत २०७४ साउन महिनामा भएको २४.८८ प्रतिशत विद्युत चुहावट २०७५ चैत महिनामा आउदा ४.६९ प्रतिशतमा राख्न बितरण केन्द्र तनहुँ सफल भएको छ ।

विद्युत चुहावट नियन्त्रणमा कडाई गरी संगै विद्युत चुहावट घटेको हो । तथा ट्रान्सफरमर थप्ने, ट्रान्सफरमरको क्षमता बढाउने, तार थप्ने, तार अपग्रेड गर्ने तथा नया लाईन बिस्तार गर्ने, पुरानो नाङ्गो तार लाई नयाँ कालो तारले फेर्ने कार्यले गर्दा विद्युत चुहावट घटाउन सहज भएको बितरण केन्द्र तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ