काठमाण्डौदेखि घुम्न गएका भट्टराई मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते

काठमाण्डौदेखि घुम्न गएका भट्टराई मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते

mustang acc.

हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक मोटरसाईकल दुर्घटना भएको छ । यात्राको क्रममा सानोतिनो दुर्घटना भएपनि गम्भिर घाईते हुने गरी दुर्घटना हुन पुगेको हो । मुस्ताङमा बाटो बन्ने क्रम बढेपछि दुर्घटनामा पनि वृद्धि भएको छ ।

काठमाण्डौदेखि मुक्तिनाथ मन्दिरको दर्शन गर्न बा ५७ प ८८२९ नम्बरको मोटरसाईकलमा यात्रा गर्दै मुस्ताङ पुगेका मुलपानी काठमाण्डौ १ का २८ वर्षीय योगेश भट्टराई दुर्घटनामा परेका हुन् ।

सवारी चालक घरजुङ गाउँपालिका ३ जोमसोमबाट मुक्तिनाथ गएका उनी आइतबार करिव ५ बजेको समयमा जोमसोम र पाण्डाखोला सडकबीच कालिगण्डकी नहरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोटरसाईकलको पछाडि पट्टी बस्ने व्यक्ति भने सकुशल रहेका छन् ।

दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । चिन्ताजनक अवस्थामा रहेका घाईते भट्टराईको थप उपचारका लागि स्थानीय जीप मार्फत पोखरातर्फ पठाइएको मुस्ताङ प्रहरीले जनाएको छ । उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको हो ।

मुस्ताङको सडकमा चल्ने बस तथा जीपहरु दुर्घटनामा पर्ने गरेको भएपनि मुस्ताङको सडकमा मोटरसाईकल दुर्घटना भने पहिलो हो । स्थानीय रुटमा चल्ने बस कागबेनीमा दुईपटक दुर्घटना भएको रेकर्ड छ ।

यही वर्ष बेनी जोमसोम कोरला सडकमा प्रयोग भएको ट्रिपर दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो ।

तस्विरः सुन्दरकुमार थकाली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ