स्याङ्जा । दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको हो ।
स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु ३२ प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु ३५ प १६३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुई मोटरसाइकलमा पाँचजना सवार थिए ।
घाइते हुनेमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालीगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ नगरपालिका–२ का २३ वर्षीय दिलीप राना र सोही स्थानका २२ वर्षीय सुशील सुवेदी रहेका छन् । घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा राष्ट्रिय भलिबलका कप्तान श्रेष्ठलाई सम्मान
वर्षाले पोखरा-मुग्लिन सडक विस्तार कार्य प्रभावित
लमजुङमा बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ
पर्यटक भित्राउन चैत अन्तिम साता घान्द्रुकमा महोत्सव
पोखरा स्वास्थ्य केन्द्र भवनबाट सरकारी कागजात चोर्नेहरू पक्राउ
नेपाल पर्यटन बोर्ड पोखरा स्पोर्टस् अवार्डको प्रवर्द्धक
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग