विप्लव पार्टीले गर्याे जेठ ६ गते बन्दको घोषणा

विप्लव पार्टीले गर्याे जेठ ६ गते बन्दको घोषणा

Biplop

धादिङ । नेपाल कम्युनिष्ट पार्टीले आगामी जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै बन्द घोषणा गरेका हुन् ।

सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोले बन्द गरिएको   हो ।’

विज्ञप्तीमा बैरेनीमा केपी ओलि लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङबन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds