पोखराका विप्लव पौडेल पर्यटन बोर्डको सदस्यमा नियुक्त

पोखराका विप्लव पौडेल पर्यटन बोर्डको सदस्यमा नियुक्त

biplov-poudel

पोखरा, फागुन ७ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पोखराका होटल तथा पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय बैठकले पौडेललाई सदस्यमा नियुक्त गरेको हो । पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पौडेललाई बोर्ड सदस्यमा मनोनयन मन्त्रीपरिषद्मा पठाएका हुन् ।

पौडेल पोखराको वाराही हस्पिटालिटी ग्रुपका कार्यकारी निर्देशक हुन् । पौडेलसँगै धादिङकी पर्यटन व्यवसायी पम्फा धमला पनि बोर्ड सदस्यमा नियुक्त भएकी छन् । पोखरा पर्यटकीय शहर हुँदा हुँदै पनि पछिल्लो तीन बर्ष यता यो क्षेत्रबाट पर्यटन बोर्डमा प्रतिनिधित्व थिएन । पौडेलको नियुक्तीले पोखरा र गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको छ । उनको कार्यकाल ३ बर्षको रहनेछ ।

पर्यटन बोर्डको सदस्य नियुक्त भएका पौडेल पोखराको बाराही हस्पिटालिटी गु्रपका कार्यकारी निर्देशक हुन् । नेपाल पर्यटन बर्ष–२०११ को कार्य सम्पादन समिति सदस्य र पश्चिमाञ्चल क्षेत्रका संयोजक बनेर काम गरी सकेका पौडेले नेपाल भ्रमण बर्ष–२०२० को कार्य सम्पादक समिति सदस्य समेत हुन ।

विद्यार्थी जिवनबाटै पर्यटन व्यवसायमा सकृय बनेका पौडेल पश्चिमाञ्चल होटल संघ पोखराका पूर्व अध्यक्ष हुन भने नेपाल होटल संघका केन्द्रिय सदस्य छन । पर्यटन बोर्ड सदस्यमा नियुक्त भए पछि छोटो प्रतिक्रिया दिँदै पौडेलले सरकारले विश्वास गरेर दिएको जिम्मेबारी ईमान्दारितापूर्वक पुरा गर्ने बताए । “गण्डकी प्रदेशको मात्र नभएर देशकै पर्यटन उद्योग समृद्ध बनाउन आफ्नो क्षमताले भ्याएसम्म प्रयत्न गर्नेछु ।’ पौडेलले भने–“सरकारले निर्धारण गरेका लक्ष्य पुरा गर्न दत्तचित्त बनेर लाग्नेछु ।

मन्त्री अधिकारीले पौडेलसंगै धादिङकी पर्यटन व्यवसायी पम्फा धमलालाई पनि बोर्ड सदस्यमा नियुक्त गरेका छन् । सफल महिला पर्यटन व्यवसायी धमला बोर्डका पूर्व सञ्चालक समिति सदस्यसमेत हुन् । उनी लाङटाङ रि ट्रेकिङका प्रबन्ध निर्देशकसमेत हुन् ।

सञ्चालक समिति सदस्यद्धय कृष्ण अर्याल र पूर्ण बहादुर कुँवरको समयावधि सकिएपछि नयाँ बोर्ड सदस्य छनोट प्रक्रिया अघि बढाइएको थियो । नयाँ बोर्ड सदस्य छनोटका लागि टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष नवराज दाहाल र नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाका अध्यक्ष सिएन पाण्डे लगायत संलग्न रहेको एक सिफारिस कमिट गठन गरिएको थियो ।

डिएनएनेपालबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ