सँगै रक्सी खाएका साथीलाई बोत्तलले हान्ने सुमन तनहुँमा पक्राउ, पोखरामा उपचारपछि मनोजलाई काठमाण्डौं पठाइयो

सँगै रक्सी खाएका साथीलाई बोत्तलले हान्ने सुमन तनहुँमा पक्राउ, पोखरामा उपचारपछि मनोजलाई काठमाण्डौं पठाइयो

beer bottle head

तनहुँ । सँगै बसेर रक्सी खाएर बसेका साथीहरुबीच नै ठूलो झगडा भएपछि एक जनालाई तनहुँदेखि पोखरा हुँदै उपचारका लागि काठमाण्डौ लैजानुपरेको छ । आईतबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका ३ कवासेमा रहेको एक होटलमा बसेर गाउँकै बिर बहादुर थापा, सुमन खड्का, सुमित थापा, लोक बहादुर थापा र मनोज कार्की रक्सी खाईरहेका थिए ।

गफकै क्रममा सुमन खड्काले मनोज कार्कीलाई बियरको बोतलले टाउको र दाहिने पातामा हानेर घाईते बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घाईते मनोज कार्कीलाई उपचारको लागि पोखरा ल्यााइएको र थप उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौ पठाईएको जानकारी दिएको हो ।

ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरी टोलीले साथीलाई बोत्तल हान्ने सुमन खड्का सहित घटनामा संलग्नहरुलाई सोमबार पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको जनाईको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ