रोकिराखेको बसमा अज्ञात समुहद्वारा आगजनी

रोकिराखेको बसमा अज्ञात समुहद्वारा आगजनी

Bus-aagjani-fire

कमला राना । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेको उकालोमा रोकिराखेको यात्रुबाहक बसमा अज्ञात समुहले आगजनी गरेको छ ।

गएराति महेन्द्रनगरबाट काठमाडौंको लागि छुटेको ना ६ ख ८४५६ नम्बरको बिग्रेर रोकिराखेको यात्रुवाहक बसमा अज्ञात समूहले आगजनी गरेको बर्दघाट इलाका प्रहरी कार्यालयले जानकारी गराएको छ ।

बर्दघाट नगरपालिका ४ मा पर्ने खुर्सानीखोलामा बस बिग्रिएपछि बसका यात्रुलाई अर्को सवारी साधनमा पठाएपछि बिहानीपख बसमा आगजनि भएको बुझिएको प्रहरीले जनाएको छ । आगजनीबाट कुनै मानविय क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ