रुखमा बस ठोक्किँदा पाँच घाइते

रुखमा बस ठोक्किँदा पाँच घाइते

parbat

पर्वत — बुधबार बिहान कुश्मा-बागलुङ सडकको नयाँपुलस्थित एक सिमलको रुखमा बस ठोक्किँदा पाँच यात्रु घाइते भएका छन् । कुश्मा नगरपालिका-१ छमर्केदेखि पोखरा जाने पालो थाप्न बागलुङ जाँदै गरेको ग१ख ८२५२ नम्बरको बस बस दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् । पर्वतको नयाँपुलमा बिहान साढे ८ बजेतिर अनियन्त्रित भई सिमलको रुखमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा छमर्के निवासी २५ वर्षीय चालक श्याम खड्का, कुश्मा-२ का याम शर्मा, कुश्माकै सविना शर्मा निजकी डेढ वर्षिया छोरी सचिना शर्मा र बागलुङ-७ ढिकीचौरका प्रेम शर्मा घाइते छन् । घाइतेहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शी प्रनिश गिरीका अनुसार सिकारु चालकले सडकछेउमा रहेको रुखमा बस ठोक्याएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने चालकको मोबाइल स्टेरिङ नजिकैको भुईंमा खसेको र टिप्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ । ट्राफिक प्रमुख रामबहादुर भट्टक्षेत्रीले चालकले मोबाइल जोगाउन खोज्दा दुर्घटना भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds