पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको ग१ ख ४०४४ नम्बरको माइक्रो तनहुँको व्यास नगरपालिका १ मुसेखोला स्थित पृथ्वी राजमार्गमा विपरीत दिशाबाट आँउदै गरेको ग२च ५७४२ नम्बरको जीपसँग ठोक्किँदा १५ जना घाईते भएका छन् ।
उनीहरुको ब्यास हस्पिटल दमौली उपचार भएको छ । तत्कालै प्रहरी टोलि खटिई जिप र जीप चालकलाई नियन्त्रणमालिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी, तनहुँ आबुखैरेनी गाउँपालिका २ ऐक्लेफाँट स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको लु १ ख ४४७३ नम्बरको ट्रक अनियन्त्रीत भई सडकबाट खसेको छ । अंन्दाजी १० मिटर तल खेतमा खस्न जाँदा ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका २९ का २७ बर्षिय सुरेश बल घाइते भएका छन् ।
त्यसैगरी, गोरखाको पालुङटार नगरपालिका ३ मैवल स्थित ठाँटीपोखरी हर्मी सडक खण्डमा आँपपिपलबाट ठाँटीपोखरीतर्फ आँउदै गरको ना ५३ प ९३५८ नंम्बरको मोटरसाईकल र विपरित दिशाबाट आँउदै गरेको ग १६ प ८५८९ नंम्बरको मोटरसाईकल दुर्घटना भएको छ ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग