अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन

अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन

_104575285_mediaitem104575282

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन भएको छ । ९४ वर्षीय बुसको शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले खबर दिएका छन् ।

बुस सन १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनी रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।  दोस्रो कार्यकालका लागि सन १९९२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि उम्मेदवार बनेका उनी । डेमोक्राटिक पार्टीका उम्मेदवार बिल ब्लिन्टनसँग पराजित भएका थिए । गत अप्रिलमा पूर्वराष्ट्रपति बुसकी पत्नी बरबरा बुसको पनि निधन भएको थियो ।

अमेरिकाको ४१ औं राष्ट्रपति रहेका बुसका छोरा जर्ज डब्लू बुस सन २००१ देखि २००९ सम्म दुर्इ कार्यकाल अमेरिकाको राष्ट्रपति बनेका थिए ।

Pic. Reuters

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ