बसपार्क भाडामा लिएर महिला महोत्सव !

बसपार्क भाडामा लिएर महिला महोत्सव !

bbbbb

महेन्द्र जिसी, पर्वत । बसपार्कलाई बर्षेनी मेला महोत्सव लगाउन कब्जा गरिएपछि पर्वतका यातायात ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् । कुश्मा नगरपालिका ६ मा रहेको बसपार्कमा सवारी हटाएर महोत्सव आयोजना गरिएपछि यातायात व्यवासायीहरु सवारी साधन सडकमै पार्किङ गर्न बाध्य भएका हुन ।

रेडियो स्थापनाको नबौँ बार्षिकोत्सवको अवसर तथा १०९ औँ अन्तर्रा्िष्ट्रय महिला दिवसको अवसरमा गत माघ २५ देखि कुश्मा नगरपालिका वडा नम्बर ६ बान्द्रेबिडीमा पोखरा–बागलुङ सडकसँगै रहेको कुश्मा बसपार्क कब्जा गरेर महोत्सव गरिएको हो ।

नारी उत्थान समाजका अध्यक्ष एवम् पूर्वसांसद कल्पना चापागाईले राजनीतिक पहुँच देखाएर बसपार्क कब्जा गरी १० दिने महोत्सव आयोजना गरेको केहि स्थानीयको गुनासो छ । राजनीतिक शक्तिको दुरुपयोग गरी प्रहरी प्रशासन र केही जनप्रतिनिधिको मिलेमतोमा रेडियोका अध्यक्ष चापागाईले बसपार्क कब्जा गरेर महोत्सव लगाउन सुरु गरेपछि प्रहरी प्रशासन र जनप्रतिनिधिलाई आफ्नो वसमा पारेपछि यातायात ब्यवसायी र ट्राफिक प्रहरी निरिह बनेका छन् ।

विगतमा सडकमै सवारी पार्किङ गर्दा अब्यवस्थित र दुर्घटना बढेपछि सरोकारवाला निकायको पहलमा सार्वजनिक जग्गालाई बसपार्कका रुपमा विकास गरीएको हो । अहीले बसपार्कजस्तो संवेदनशिल ठाउँ हडपेर महोत्सव सुरु भएपछि तिब्र बिरोध भएको छ ।

विशेषगरी यातायात ब्यावसायीले बसपार्क कब्जा गरेर महोत्सव चलाएपछि सवारी साधन पार्किङ गर्नै मुस्किल भएको गुनासो गरेका छन् । राजनीतिक पहुँचका आधारमा पूर्वसांसदको नाममा बसपार्क कब्जा गर्नु अबैध भएको उनीहरुको आरोप छ ।यातायात ब्यवसायी हेम शर्माले पहँुचको आधारमा जे गरेपनि हुने बताउँदै व्यवसायीका मर्का कुनै निकायले नसुन्ने गरेको गुनासो गरे । बसपार्कमा महोत्सव लगाएपछि सडकमै सवारी पार्किङ गरेर राख्नु परेको शर्माले बताउनु भयो । जिल्ला ट्राफिक प्रमुख रामकृष्ण गौलीले स्थानीय तहले नै भाडा लिने गरी स्वीकृति दिएपनि समस्या भएको बताउँदै राजमार्गको दायाँ वायाँ साइड च्यापेर सवारी पार्कीङ गर्न भनीएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । आफुहरुले सवारी व्यवस्थापनमा समस्या हुने गुनासो राखेपनि सम्बन्धित निकायले सुनुवाई नगरेको गौलिले बताए ।

रेडियोका अध्यक्ष चापागाईले जन प्रतिनिधिसँग सम्झौता गरेर बसपार्कमा महोत्सव आयोजना गरेको बताउँदै दैनीक तीन हजारको दरले वडासँग सम्झौता भएको बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ