तनहुँ व्यासमा पाँच वर्षीया बालिका बलात्कृत, १९ वर्षीय थापा पक्राउ

तनहुँ व्यासमा पाँच वर्षीया बालिका बलात्कृत, १९ वर्षीय थापा पक्राउ

rape_jessore

तनहुँ ।  पाँच वर्षकी बालिका बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ १ घर भई ब्यास ७, पल्लो नरंगामा बस्दै आएका १९ वर्षीय नविन थापा पक्राउ परेका छन् । स्थानीय बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानले जानकारी दिए । उनका अनुसार थापालाई म्याद थप गरी हिरासतमै राखिएको छ । बालिकाको अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार साँझ साथीसँग खेल्दै गरेकी बालिकालाई थापाले फकाई फुलाई गरी नजिकै मकै बारीमा लगी बलात्कार गरेको बुझिएको छ । बालिका घर फर्केर हजुरआमालाई भनेपछि घटना बाहिर आएको हो । त्यसपछि आफन्तले प्रहरीमा उजुरी दिएका हुन् ।

घटनाको जानकारी पाउनासाथ आफन्तले प्रहरीमा उजुरी दिएको बताइएको छ । विहिबार जिल्ला अदालत तनहुँमा उपस्थित गराइ म्याद थप गरेर अनुसन्धान भईरहेको डिएसपी लामिछानेले गण्डकन्यूजलाई बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ