क्यान गण्डकी प्रदेशद्वारा पत्रकार महासंघ तनहुँ लाई १० हजार सहयोग

क्यान गण्डकी प्रदेशद्वारा पत्रकार महासंघ तनहुँ लाई १० हजार सहयोग

Can help j

तनहुँ । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) गण्डकी प्रदेशले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि दश हजार पाँच रुपैयाँ सहयोग गरेको छ ।

क्यानका अध्यक्ष चिन्तामणि बास्तोला तथा कास्की शाखा अध्यक्ष युवराज पौडेलले महासंघका अध्यक्ष ओमकार आचार्यलाई उक्त रकमको चेक प्रदान गरेको हुन ।

पत्रकार महासङ्घ सबैको साझा संस्था भएकोले यसको भवन निर्माणमा सानो सहयोग गरिएको एशोसिएशनका प्रदेश उपाध्यक्ष तुलसीराम पाण्डेले बताए ।

महासङ्घका अध्यक्ष ओमकार आचार्यले शाखाको भवन निर्माणका लागि विभिन्न सङ्घ संस्था एवं व्यक्तिले सहयोग गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ