पोखरामा कारमाथि बाइक चढेपछि…

पोखरामा कारमाथि बाइक चढेपछि…

accident (1)

पोखरा । पोखराको नयाँबजारमा कारमाथि मोटरसाईकल चढ्दा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । नयाँबजार चोकनेर रोड क्रस गर्न लागेको मोटरसाइकल, रोडमा तीब्र गतिमा गुडिरहेको कारसँग ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक नदिपुरका २० बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा ग २ च ८०५ नम्बरको कारको अघिल्लो भागबाट माथि चढेको थियो । घाइतेको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनापछि फिस्टेल हस्पिटल लगिएको उनलाई त्यहाँ उपचार सम्भव नभएपछि मनिपाल रिफर गरिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । सुवेदीको अहिलेसम्म होस खुलेको छैन भने आइसियूमा उपचार भईरहेको छ ।

तस्विरः राज गुरुङ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds