‘छक्का पञ्जा – २’ अब युट्युवमा

‘छक्का पञ्जा – २’ अब युट्युवमा

chaka panja 2

पोखरा –  दशैँदेखि चलचित्र ‘ छक्का पञ्जा–२’ युट्युबमार्फत सार्वजनिक हुने भएको छ ।    दर्शकको लामो समयको मागपछि दशैँ छेको पारेर युट्युबमा सार्वजनिक गर्न लागिएको निर्माण टिमले बताएको छ । निर्माता दीपकराज गिरीले फेसबुकमार्फत चलचित्रलाई हाइलाइट्स नेपालले दशै ँमा सार्वजनिक गर्ने जानकारी गराएका छन् ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा उच्च शिक्षाको लागि विदेश पढ्न जान चाहने विद्यार्थी र त्यस वरपरको कथा समेटिएको छ । चलचित्रमा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतको अभिनय छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ