दमौली बजारमा चक्कु र हेलमेट प्रहार गरी घाइते बनाउने दमौलीका सुनार पक्राउ

दमौली बजारमा चक्कु र हेलमेट प्रहार गरी घाइते बनाउने दमौलीका सुनार पक्राउ

Chkku prahar

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले चक्कु र हेलमेट प्रहार गरी घाइते बनाउने दमौलीका एक जना लाई पक्राउ गरेको छ । मंगलबार साझ ७ बजेको समयमा व्यास नगरपालिका वडा नं. २ साईबर जोन अगाडी बस्ने बर्ष २९ को बिशाल कुमारलाई हेलमेट तथा चक्कु प्रहार गरेर घाईते बनाउने लाइ प्रहरीले पक्राउ गरेको हो ।

यसरि पक्राउ पर्नेमा ब्यास नगरपालिका वडा नं. २ बस्ने बर्ष १९ को सचिन सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्याल जानकारी दिए । बिशाल लाई घाइते बनाई समाजमा आतङ्कित वातावरण सृजना गर्दै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न सचिन सुनारलाई तत्काल पक्राउ गर्न सफल भएको थियो ।

सुनार लाई सार्बजनिक हित, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्दको कसुर अन्तर्गत अभद्र ब्यबहार शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । साथै घटनामा संलग्न अन्य ब्यक्तिहरुको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds