बेशीशहर–चामे सडकखण्ड १९ दिनपछि सञ्चालनमा

बेशीशहर–चामे सडकखण्ड १९ दिनपछि सञ्चालनमा

Kathmandu-to-Chame-jeep

हिमालपारिको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडकखण्ड १९ दिनपछि सञ्चालनमा आएको छ । गत भदौ २७ गते अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बँेंसीशहर–चामे सडकखण्ड आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।

वर्षापछि आएको बाढीपहिरोले मस्र्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बँेंसीशहर–चामे सडकखण्डको वैकल्पिक सडक नहुँदा मनाङका साथै उत्तरी भेगका घेर्मु, ताघ्रिङलगायतका स्थानीयवासीले समस्या भोग्नुपरेको थियो ।

अवरुद्ध सडक नियमित गर्न विस्फोटक पदार्थ र जेनेरेटरसहित ‘कम्प्रेसर’ यन्त्रको प्रयोग गरिएको थियो । डिभिजन सडक कार्यालय दमौलीको प्राविधिक सहयोग, बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित विद्युत् आयोजनाको उपकरण प्रयोग गरी रामबजारबाट घोप्टेभीर अर्खलेतर्फको अवरुद्ध सडक खुलाइएको हो । चट्टान हटाई विस्फोटन गराउन नेपाली सेना, नेपाल प्रहरीका सुरक्षाकर्मी, डिभिजन सडक कार्यालयका कर्मचारी र विद्युत् आयोजनाका कर्मचारी खटिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds