मुस्ताङबाट बाहिरिएका च्याङ्ग्राको हुलले सडक नै जाम

मुस्ताङबाट बाहिरिएका च्याङ्ग्राको हुलले सडक नै जाम

g2

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङबाट बाहिरिएका भेडा–च्याङ्ग्राको हुलले बेनी–जोमसोम सडकमा सवारी जाममा परेका छन् ।बडा दशैको १६ श्राद्ध तिथिको अवसर पारेर पिण्डदान गर्न सवार सवारी साधन लिएर आएका तिर्थालु जाममा परेका थिए ।च्याङ्ग्राको हुलले सडक अवरुद्ध पू¥याएपछि सयौं सवारी घण्टौ जाममा परेका हुन् ।

उत्तरी कोरला,डोल्पा,मुगु,जुम्ला र उपल्लो मुस्ताङबाट सदरमुकाम जोमसोम ल्याएका दशै लक्षित भेडा–च्याङ्ग्रा अहिले बेशी झर्दैछन् ।चिसो मरुभुमीमा हुर्काईएका भेडा–च्याङ्ग्राको मासु स्वादिलो र पोसिलो हुँने भएकाले यसको महत्व बढेको हो ।वर्यायामको समय लेकमा पाईने जटीबुटी खाने भएकाले पनि तराई र पहाडी ईलाकाको भन्दा हिमाली क्षेत्रका भेडा च्याङ्ग्र्राको स्वाद बेग्लै हुने गर्छ ।

जिल्लाको छोसेर ,छोनुन ।सुर्खाङ,चराङ,घमी र घीलिङका स्थानीयले तिब्बततीरबाट स–साना पाठा पाठी खरिद गरी हुर्काएर जोमसोममा बिक्री गर्न ल्याउने गरेका छन् । वारागुङ गाउँपालिकाका स्थानीयले पनि भेडा–च्याङ्ग्रा पालनलाई व्यवसायको रुपमा अपनाईरहेका छन् ।च्याङ्ग्रा पालनका लागि हिमाली उपआयोजनाले पनि विगतका वर्षहरुमा उपल्लो मुस्ताङका किसानलाई आर्थिक लगानी गरेको थियो ।उपआयोजनाको म्याद अहिले सक्किसकेको छ ।यसवर्ष पनि जोमसोममा पशुपंक्षीको भेटनरी परीक्षण गरिएको छ ।यसको दर्ताका आधारमा करिव १५ हजार पुगेको र अन्तिम समय सम्म २० हजार भेडा च्याङ्ग्रा जिल्ला बाहिरिने पशु चिकित्सक शिवलाल भूषालले अनुमान लगाए ।

यसअघिको वर्ष २३ हजार भेडा च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएको थियो । गतवर्षको तुलनामा यसवर्ष ३ हजारले कम भएको भुषालले बताए ।पशुपंक्षी तथा पशुपक्षी जन्य पदार्थको आन्तरिक ओसार–पोसार तथा बिक्री बितरणका लागि भेटेरिनरी प्रमाणपत्र आवश्यकता पर्ने चिकित्सक भुषालले बताए ।उद्योगका रुपमा पालन गरिएका पशुपंक्षी जन्य चौपायाकोे नियमित परिक्षण भैईरहेको र परिक्षण गरिएका चौपायाको स्वस्थ्य रहेको पहेलो फर्ममा पशु चिकित्सकले प्रमाणपत्र उपलब्ध गराएपछि बजार सम्म पु¥याउन सहज हुने भूषालले जनाए ।सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सक्ने भएकाले निकासी तथा पैठारी गराउदा सरकारले भेटनरी परीक्षण अनिवार्य गराएको हो ।गत वर्ष जोमसोम ल्याईएका भेडा च्याङ्ग्राको भेटनरी प्रमाणपत्र साविक कार्यालयबाटै उपलब्ध गराईएकोमा यसपटक फिल्डमै खटिएर पशुपंक्षीको अवस्था हेरेर प्रमाणपत्र प्रदान गरिएको चिकित्सक भूषालले बताए ।

दशै लक्षित भेडा –च्याङ्ग्राको भेटनरी प्रमाणपत्र उपलब्ध गराईए पनि उक्त परिक्षण व्यहारिक बन्न नसक्दा सर्वसाधारण स्वास्थ्यमा प्रतिकुल असर पू¥याउन सक्ने स्थानीय सरोकारवालाहरु बताउछन् ।संम्वन्धि पशु चिकित्सकले परीक्षण गदा प्रति चौपाया १५ देखि २० रुपैया सम्म लिने गरेको व्यापारीहरुले बताए ।तर चिकित्सकले भेटनरी परिक्षणको मापदण्डमा रहेर प्रमाणपत्र उपलब्ध गराउन नसकेको आरोप छ ।यता चिकित्सक भूषाल दशै लक्षित भेडा च्याङ्गाको क्रमै संग परीक्षण गर्न सम्भव नभएको बताए ।उनले पशुको अवस्था हेरेर प्रमाणपत्र दिने गरेको जनाए ।जोमसोममा गत मंगलबार देखि पशुपंक्षी भेडा–च्याङ्ग्राको परिक्षण सुरु भएको भूषाले बताए ।

दशै पर्वको मेलो छोपेर भेडा–च्याङ्ग्रा खरिद गर्न व्यपारी मुस्ताङ आएका छन् । जिल्ला बाहिरका म्याग्दी,कास्की,लमजुङ,सिन्धुपाल्चोक,काठमान्डौं,चितवन,मुगु,जुम्ला र डोल्पाका व्यापारी मुस्ताङ आएका हुन् ।यसरी च्याङग्रा खरिद गर्न जोमसोममा करिव सय जति व्यापारीको मोलमोलाई देखिएको थियो ।संघीय सरकार चौपायाको निकासी तथा पैठार कर नलिने घोषणा ढिलाई गर्दा कतिपय व्यापारीले स्थानीयतह तथा बनउपभोक्ता समिति आदीलाई बिभिन्न प्रयोजनका करहरु बुझाउन बाध्य भए ।सरकारले दशै लक्षित पशुपक्षी निकासी कर नउठाउन शनिबार जनाएको हो ।

सरकारले निकासी कर छुट गरेकाले पोखरा काठमान्डौ लैजाने व्यापारीलाई राहत पुगेको सिन्धुपाल्चोकका व्यापारी अमृत श्रेष्ठले बताए ।अर्का चितवनका व्यापारी सुरेश तिमिल्सिनाले मुस्ताङमै भेडा–च्याङ्ग्रा महङ्गो पर्ने भएकाले बजारमा लगेर बिक्री गर्न मुश्किल पर्नसक्ने जनाए । बिचौलिया व्यापारीका कारण जोमसोममा मुल्य बढि तिर्नु परेको काठमान्डौका व्यापारी राजेन्द्र निरौलाको भनाई छ ।उनले यसवर्ष बिगतको तुलनामा भेडा–च्याङ्ग्रा कम झरेको अनुमान गरे ।लेकबाट जोमसोम झारिएका च्याङ्ग्रा ५ प्रतिशत मुस्ताङमै खपत हुने गरेको स्थानीइ अजित थकाली बताए ।यसवर्ष जोमसोमै स्तरिय च्याङ्ग्राको मूल्य प्रति गोटा २० हजार देखि २३ हजार र स्तरिय भेडाको १६ देखि १९ हजार सम्म मुल्य तोकिएको छ ।पोखरा–काठमान्डौ लगेर बिक्री गर्दा ३० हजारको हाराहारीमा च्याङ्ग्राको मूल्य पर्नसक्ने व्यापारीहरु बताउछन् ।

नेपाल खाद्य संस्थानले मुस्ताङबाट १ हजार च्याङग्रा खरिद गरेको छ ।राजधानीको मागलाई सहयोग पु¥याउन तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले खाद्य संस्थानले च्याङ्ग्रा खरिद गरेको शाखा प्रमुख गंगाप्रसाद शाहले जानकारी दिए ।उनका अनुसार जिल्ला प्रशासन कार्यालय मुस्ताङको निर्णय अनुसार यसवर्ष खाद्य संस्थानले जिउँदो च्याङ्ग्राको प्रतिकेजी ५ सय ३० मा खरिद गरेको बताए ।त्यस्तै, जोमसोम देखि बेनी सम्मको ढुवानीकर्तालाई प्रति गोटा च्याङ्ग्राको २ सय १५ रुपैया तिर्ने जनाएको छ ।खाद्यले खरिद गरेको च्याङ्ग्रा काठमान्डौ लैजाने तयारी भईरहेको उनले बताए ।लगिएका च्याङ्ग्रा २६ गते संस्थानको केन्द्रिय कार्यालयमा लगेर बिक्री गरिने शाखा प्रमुख शाहले बताए ।उनले खाद्यले दशै पर्वलाई लक्षित गरेर गरिव तथा बिपन्न समुदायलाई राहत प्रदान गर्ने उद्देश्य रहेको जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ