रारा भ्रमणमा गएको दुई समुहबीच झडप, स्याङ्जा चापाकोटका मेयर गिरीसहित केही घाइते

रारा भ्रमणमा गएको दुई समुहबीच झडप, स्याङ्जा चापाकोटका मेयर गिरीसहित केही घाइते

giri m

स्याङ्जा । रारा भ्रमणमा गएको स्याङ्जा चापाकोट नगरपालिकाका मेयर शिव गिरी नेतृत्वको टोलीको अर्को टोलीसँग झगडा हुँदा मेयर गिरीसहित केही व्यक्ति घाइते भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित गिरी सहितको टोलीसँग भक्तपुरबाट रारा गएको अर्को समूहसँग विवाद भएको थियो ।

रारा भ्रमण गरी फर्किने क्रममा उनीहरुबीच अत्याधिक मादक पदार्थ सेवन गरेका कारण झगडा भएको बताइएको छ । घाइतेहरुको कालिकोटस्थित अस्पतालमा उपचार भइरहेको छ। स्याङ्जाबाट करिब ४० जनाको टोलीसहित गिरीको टोली रारा भ्रमण गएको थियो ।

भक्तपुरबाट गएको टोलीसँग गिरीको समूहको मादक पदार्थ सेवन गरेपछि झगडा भएको बताइएको छ। गिरीको टोलीसँग कालिकोट सदरमुकामस्थित सनलाइट होटलमा झगडा भएको बताइएको छ । मेयर गिरीको टाँउकोमा चार टाँका लगाएको कालिकोट प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई जिल्ला अस्पताल र कुटपिट गर्नेहरुलाई प्रहरी कार्यालयमा राखिएको बताइएको छ। घटनाका क्रममा सात जनालाई प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ