मनाङः चर्खा जस्ता पूराना सामाग्री लोपोन्मुख अवस्थामा

मनाङः चर्खा जस्ता पूराना सामाग्री लोपोन्मुख अवस्थामा

Charkha

नेगम परियार, मनाङ । ‘चर्खा’, यो नाम सायद कमैलाई मात्र थाहा छ होला । यो हो उन तथा भेडाको रौँ बाट धागो काटने चर्खा । पहिलेको पालामा उन तथा भेडाको राँै बाट धागो काटेर त्यस धागो बाट बिभिन्न प्रकारका कपडा तथा राडी पाखी बुनी प्रयोजनका लागि प्रयोगमा ल्याईनथ्यो तर आज भोलि यी र यस्ता सामाग्रीहरु लोपोन्मुख अवस्थामा छ । यी र यस्ता सामाग्रीहरु व्यवसायिक रुपमा त परै जाओस्, व्यक्तिगत प्रयोजनमा समेत छैन । कहिँकतै भेटिन पनि मुस्किल छ ।

पहाडी तथा हिमाली भेगमा समेत यी र यस्ता सामाग्री अहिले व्यवसायिक प्रयोगमा छ्रैन । कहिँकतै मात्र आकलझुक्कल देख्न पाईने यस्ता सामाग्रीहरु आखिर किन लोपोन्मुख भयो त ? भन्ने बिषयमा ७३ बर्षीया मनाङबासी एक बृद्ध याङदुल छिरिङ डोल्मा लामा सिकाउन भन्दा पनि सिक्नेको कमीले गर्दा यी र यस्ता ब्यबसाय वा ब्यक्तिगत प्रयोजनको लागि प्रयोगमा निरन्तरता ल्याउन नसकेको बताउँछिन् ।

सिक्न नमान्ने, सिकेर के हुन्छ र ? भन्ने र यसप्रति चासो नभएकोले पनि यस्ता सीप, सामाग्री हराउँदै गएको उनको बुझाई छ । परिवारमा आफूमात्र यसलाई चलाउन सक्ने सीप भएको भन्दै उनले यस चर्खाबाट भेडाको रौँ बाट धागो निकाली कपडा, सुक्कुल, राडी, पाखी तथा बिभिन्न प्रयोजनका लता कपडा बनाईने गरेको स्मरण गरिन् ।

हिउँ पर्दा ओढ्ने राडीको ओडान समेत यहि चर्खाबाट धागो काटी बुन्ने गरिन्थ्यो । अहिले त बजारमा नयाँ नयाँ ज्याकेट पाईहालिन्छ किन सिक्नु ? किन धागो काट्नु ? उनले प्रश्न गरिन् । अहिलेका मान्छे धेरै अल्छी र आधुनिक भएकाले यस्तो भएको ७३ बर्षीया बृद्धा याङदुल डोल्मा लामाको भनाई छ ।

मनाङ जिल्ला कै नार्पाभुमि गाउँपालीका अन्र्तगत नार र फू गाउँहरुमा यसको बढी प्रयोग र उत्पादन गर्ने गर्छन । त्यस ठाउँमा पनि यस्ता चर्खाबाट धागो कटाई गरि बिभिन्न कपडा, राडी पाखी बुन्नेमा बृद्ध बृद्धाहरुले नै गर्ने गरेको उनको भनाई छ ।

हुन त घरेलु तथा साना उद्योग कार्यालय चामे मनाङे यी र यस्ता सामाग्री बनाउन सीप तथा तालिम पनि दिएको उद्योगले बताए पनि सीप र सामाग्रीहरुलाई निरन्तरता नदिँदा यी र यस्ता सीप तथा सामाग्रीहरु हराउँदै गएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds