पोखरा नागढुंगाको पक्की घरमै यसरी हान्यो चट्याङले (तस्विर सहित)

पोखरा नागढुंगाको पक्की घरमै यसरी हान्यो चट्याङले (तस्विर सहित)

chatyang

पोखरामा आइतबार अपरान्हपछि गड्याङगुडुङ र हावाहुरीसँगै वर्षा भयो । आधा दर्जन बढी पटक डरलाग्दो चट्याङ समेत चड्कियो ।

साढे ५ बजेतिर परेको चट्याङले पोखराको नागढुंगा स्थित एक पक्की घरमा क्षति पुगेको छ । घरमै चट्याङले हान्दा तलाको ढलानमै ठूल्ठूला प्वाल परेको छ । भाग्यवश मानवीय क्षति भने हुन पाएन । यस विषयमा घर धनी बोल्न चाहेनन् । कास्की प्रहरीले यस विषयमा कुनै जानकारी नआएको प्रतिक्रिया दियो ।

प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसँगै आगोको मुस्लो घरतिर आएको थियो । शहर बीचमै यसरी चट्याङले हान्दा स्थानीय चिन्तित छन् । घर निर्माणका क्रममा एन्टीलाइटिङ अर्थिङ प्रभावकारी ढंगले गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ