छवि र शिल्पा विवादमा नयाँ ट्विस्टः जेठी पत्नी हेमाले ३० वर्षपछि बहुविवाहको मुद्धा हालिन्

छवि र शिल्पा विवादमा नयाँ ट्विस्टः जेठी पत्नी हेमाले ३० वर्षपछि बहुविवाहको मुद्धा हालिन्

Chhabi ojha 4 srimati

छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् । दुई सन्तान (राजिव र महेश) की आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । अधिवक्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् । छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाले बहुविवाहको उजुरी दिएपछि घटनाले नयाँ मोड लिएको छ । दोस्री श्रीमती गीताञ्जली सुनार र तेस्री श्रीमती रेखा थापा विरुद्ध कहिल्यै नआएकी हेमा ओझा चौथी श्रीमती शिल्पा पोखरेल विरुद्ध चाहिँ किन आईन् ? गीताञ्जली पट्टीबाट छोरा समेत छ । रेखा थापासँग पनि १२ वर्ष बिहे गरेर बस्दा नदेखेकी हेमा ओझालाई कसले प्रयोग गरे ? त्यसमाथि हेमाको छवि ओझासँग बिहेको ८ वर्षपछि नै डिभोर्स भईसकेको समाचारहरु सार्वजनिक भईरहेका छन् । डिभोर्स नभएको भए यो मुद्धा लागेमा छवि र शिल्पा दुवै जेल पर्नेछन् ।

छविराज ओझाको वैवाहिक पृष्ठभूमि

पूर्वपत्नी रेखा थापाबाट पाएको नाम ‘बा’ बाट परिचित निर्माता छविराज ओझाकी जेठीे श्रीमती हेमा ओझा हुन् । ३५ वर्षअघि हेमासँग विवाह गरेका छविले उनीसँग त्यसको आठ वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । हेमाबाट छविका दुई छोरा छन् । हेमासँगको सम्बन्धविच्छेदपछि नै अभिनेत्रीहरूसँग विवाह शृंखला सुरु भएको हो । आफ्नो चलचित्र नातामा काम गर्ने त्रममा छविको गीताञ्जली सुनुवारसँग छविको प्रेम–विवाह भएको थियो, तर डिप्रेसनका कारण केही समय पछिनै गीताञ्जलीले आत्महत्या गरिन् । छवि र गीताञ्जलीका एक छोरा साकार छन् । गीताञ्जलीपछि छविको तेस्रो विवाह अभिनेत्री रेखा थापासँग भयो । छविकै चलचित्र हिरोबाट ब्रेक पाएकी १६ वर्षीया रेखा झन्डै १२ वर्ष उनीसँग रहिन् । रेखाले २०७३ सालमा छविसँग कानुनी रूपमा सम्बन्धविच्छेद गरिन् । छविराजसँग विवाह गर्नुअघि शिल्पाले विकास बस्याल क्षेत्रीसँग प्रेमविवाह गरेकी थिइन् । विकाससँगको उनको विवाह चार वर्षजति चलेको बताइन्छ । थुप्रै म्युजिक भिडियोको मोडलिङमा सक्रिय शिल्पालाई छविले नै चलचित्र लज्जाबाट चलचित्रको अभिनयमा प्रवेश गराएका थिए । शिल्पाले छविको चलचित्र किस्मत–२, हवल्दार सुन्तली तथा मंगलम्मा अभिनय गरिसकेकी छिन् ।

जाहेरी यस्तो छः

जाहेरीमा यस्तो लेखिएको छ– ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिप्रश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’

अगाडि लेखिएको छ ‘तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमानले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

प्रहरी भन्छः आउनुभयो तर दर्ता गरेका छैनौं ।

डीएसपी प्रदिप बहादुर सिंहले उजुरी लिएर हेमा गौशला प्रहरी वृत्तमा आएको भएपनि दर्ता भने भैनसकेको बताए । उनले भने–‘हामी यसलाई पुष्टी गर्दैछौ । आवश्यक परे दर्ता हुन्छ ।’

के छ बहुविवाहको कानुन ?

नयाँ कानुनमा श्रीमतीसँग पारपाचुके नभई दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । त्यस्तै, बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्म जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ । उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने पनि स्पष्ट रुपमा उल्लेख गरेको छ । दोस्रो विवाह गरेको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds