चार जनाको निधनले बागलुङको छिस्ती शोकमग्न, विद्यालयकै १८ वर्षका शिकारु चालक

चार जनाको निधनले बागलुङको छिस्ती शोकमग्न, विद्यालयकै १८ वर्षका शिकारु चालक

four-girls

बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ८ (साबिक छिस्ती गाविस) मा फागुन ७ गते साँझ भएको पीकअप जीप दुर्घटनाको कारण सिकारु चालक र साँघुरो सडक भएको खुलेको छ ।

छिस्ती स्थित जनकल्याण माध्यमिक बिद्यालयको बार्षिकोत्सवमा सहभागी भएर घरतर्फ फर्किने क्रममा पीकअप जीप दुर्घटना हुँदा सोही बिद्यालयमा अध्ययनरत तीन जना छात्राहरु क्रमशः प्रियंका पुन, एलिना पुन र ज्योति पुन तथा बिद्यालयकी लेखापाल टीका पुनको दुखद मृत्यु भएको थियो । यस दुखद घटनाले सिँगो छिस्ती शोकमा डुबेको छ भने मृतकका घरपरिवारमा रुवाबासी छ ।

स्थानीयहरुले जीपका चालक १८ वर्षिय प्रविण पुन पनि सोहि बिद्यालयको बिद्यार्थी भएको बताएका छन् । उनले सवारी चालक अनुमति पत्र लिए नलिएकोमा स्थानीयले अनभिज्ञता जनाए ।गाउँघरका सडकहरुमा सवारी साधन चलाउने चालकहरुले सवारी चालक अनुमति पत्र लिए नलिएको समय समयमा ट्राफिक प्रहरीले चेक गर्नुपर्ने आवश्यकता रहेको छिस्तीको दुर्घटनाले देखाएको छ ।

 

जीपमा सवार अधिकांश बालबालिकाहरु सोहि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु हुन् । गंभीर घाईते ४ जनालाई थप उपचारका लागी पोखरा रिफर गरिएको छ भने धौलागिरी अन्चल अस्पचालमा भर्ना गरिएका केहि घाईतेहरु डिस्चार्ज भैसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds