मोबाइल चार्जरको पिन मुखमा राख्दा साढे २ बर्षिय बालकको मृत्यु

मोबाइल चार्जरको पिन मुखमा राख्दा साढे २ बर्षिय बालकको मृत्यु

एजेन्सी– भारतको जहाँगीराबादमा साढे २ वर्षका एक बालकले मोबाइल चार्जरको पिन मुखमा हालेपछि उनको मृत्यु भएको छ । मोबाइल चार्जरको स्विच अन थियो र पिनमा करेन्ट आयो । त्यसैले बालकको ज्यान लियो ।

ती बालकको नाम सहवर हो । मोबाइलको चार्जर मुखमा हाल्दा उसलाई झड्का लाग्यो । चार्जर प्लगमै थियो । परिवारका मानिसले उसलाई चिकित्सककहाँ लाँदै गर्दा बाटैमा उनको मृत्यु भयो । मोबाइल र चार्जर विस्फोट हुने घटना चार्जिङ गरिरहेको बेलामा मोबाइल प्रयोग गर्दा बढी हुन्छ ।

विशेषज्ञहरूले बताएअनुसार, चार्ज गर्दा मोबाइलको मदरबोर्डमा दबाब पर्छ । त्यसै क्रममा फोनमा कुरा गर्दा वा गेम खेल्दा मदरबोर्डमा अतिरिक्त दबाब पर्छ र ब्याट्री विस्फोट हुन्छ । चार्जरको स्थिति पनि यही हो ।

कुनै स्मार्टफोनमा बग र मालवेयर पनि भेटिन्छन् । त्यसैले गर्दा मदरबोर्डमा अतिरिक्त दबाब परेर फुट्छ । सस्तो मोबाइलको मदरबोर्ड, चार्जर र अन्य पार्टहरू गुणस्तरीय हुँदैनन् । यिनले सही तरिकाले काम नगर्दा ब्याट्री र चार्जर विस्फोट हुने खतरा हुन्छ । मोबाइल चार्जरको तार काटिँदा वा चार्जर गुणस्तरहीन हुँदा करेन्ट लाग्न   सक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds