चीनमा घरको छत छतमा खेती (फोटो फिचर)

चीनमा घरको छत छतमा खेती (फोटो फिचर)

ROOF-TOP-FARMING-IN-CHINA (1)

हाम्रो मुलुक कृषिप्रधान । तर, परम्परागत खेती नै गरिन्छ । अझै व्यवसायिक बन्न सकिरहेको छैन । गाउँहरु रित्तिदैंछन् । ‘पढ्ने उमेरसमूहका विकसित मुलुकतिर, काम गर्न सक्नेहरु विदेशतिर, श्रीमतीहरु बालबच्चा पढाउन भन्दै शहरतिर, गाउँमा बुढाबुढी मात्रै ।’ भन्ने व्यंग्यवाण सुनिन्छ अचेल । त्यसैले बिहान बेलुका खाने अन्न मात्रै होईन तरकारी पनि भारतकै निर्भर गर्नुपर्ने अवस्था छ ।

नाकाबन्दी हुँदा अन्नपात, प्याज, टमाटर हाहाकार भयो । अहिले भारतले विषादीयुक्त तरकारी निर्यात गर्दा सरकारले खुट्टा कमायो भनेर सामाजिक सञ्जाल उत्तिकै तात्तिएको छ । नेपाल आफै सबै कुरा उत्पादन हुने जमिनयुक्त मुलुक हो । तर हामी खेती गर्दैनौं, शहर पस्छौं, सबै किनेर खान्छौं । शहरमा घर हुनेहरुले पनि अब जे जति जमिन उपलब्ध छ, त्यसैमा तरकारी उब्जनी गरे हुन्न ? यसका लागि चिनियाँ उदाहरण काफी छ ।

आज भन्दा ५ दशक अघिसम्म भोकमरीले ग्रस्त चीन अहिले विश्वकै सम्पन्न मुलुकमा गनिन्छ । यो सम्भव हुनुमा चिनियाँ सोचले महत्वपूर्ण भूमिका खेलेको छ । आइडिया राजनीतिमा मात्र हैन प्रविधिमा, कृषिमा, आविष्कारमा, पररास्ट्रनीतिमा चिनले राम्रो तरिकाले लगाएको छ ।

यो प्रसंग भने कृषिको आइडियाको बारेमा छ । सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् । यी घरको छतमा खेती गर्न सकिन्छ । केही वर्षअघि भयानक भूकम्प आएर यहाँ बस्ने मानिसलाई समस्या परेको थियो ।

तर, सरकारको नयाँ प्रयोग र त्यहाँका मानिसको मेहनतको प्रतिफलस्वरूप यो अहिले संसारकै नमूना गाउँ भएको छ । सन् २००८ मा वेनचुआन भूकम्पका कारण जिन्ताई गाउँनजिक करीब ८० प्रतिशत घर पूरै नष्ट भएका थिए । अनि ५० लाख मानिस बेघर भएका थिए । त्यसपछि सन् २०११ मा भयंकर पानी परेर पहिरोका कारण फेरि बनाइएका घर पनि ध्वस्त भए । तर, त्यसपछि सरकारले गाउँलेहरूको सहायताका लागि हङकङ विश्वविद्यालयमा यी घरहरूको डिजाइन बनायो ।

भूकम्प लगायतका प्राकृतिक विपद् जस्ता स्थितिमा बलियो गरी अडिने र मानिसको जीवन पनि सहज बनाउने घरहरू बनेका हुन् यी घरमा मानिसले अन्न उमार्नुका साथै जनावर पनि पाल्न सक्छन् । घरलाई भारी बर्खाबाट बचाउनका लागि रेनवाटर हार्भे्स्टिङको सुविधा पनि दिइएको छ । पहाडले घेरिएका घरहरूको डिजाइन नै यसरी गरिएको छ कि घर र सडकबीच ठूलो ठाउँ छ । मानिसले पसल र व्यापार बढाउन सकून् भनी यसो गरिएको हो । बढ्दो जनसंख्या र जमिन अभाव भएको बेला चिनले लगाएको यो आइडिया अन्य देशले पनि सिक्न जरुरी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ