चीनमा भुकम्प : १२ को मृत्यु, १ सय भन्दा बढी घाइते

चीनमा भुकम्प : १२ को मृत्यु, १ सय भन्दा बढी घाइते

china-earthquake

एजेन्सी । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा आएको भुकम्पका कारण कम्तिमा १२ को मृत्यु भएको छ । सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो । भुकम्पका कारण अन्य सय भन्दा बढी मानिस घाइते भएका छन् ।

प्रान्तीय राजधानी चेंगदुमा चेतावनी प्रणालीले भुकम्प आउनु भन्दा १ मिनेट अगाडि जानकारी गराएको थियो । र तुरुन्त आपतकालीन प्रबन्ध सुरु गरेको थियो । राष्ट्रिय खाद्यमन्त्रालयले ५ हजार टेन्ट १० हजार फोल्डिंग बेड र २० हजार सिरक पीडितहरु रहेको क्षेत्रमा पठाइसकेको छ ।

Related image

भुकम्पमा परी करिब १३४ भन्दा बढी घाइते भएकाे त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । भुकम्पग्रस्त क्षेत्रमा उद्वारका लागि ६३ दमकल र ३०२ दमकलकर्मीहरुलाईसमेत खटाइएको छ ।

Image result for china earthquake

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ