२८ सय रुपैयाँमा किनेको कचौरा बिक्यो ५७ लाखमा !

२८ सय रुपैयाँमा किनेको कचौरा बिक्यो ५७ लाखमा !

chinese-bowl

काठमाडौं – बेलायतमा निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल (कचौरा) ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ ।  सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड (२८ सय रुपैयाँ) मा एउटा कचौरा किनेका थिए ।

त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड (५७ लाखभन्दा बढी रुपैयाँ) मा पाए । चार इन्चको यो अद्भुत कचौरा चीनमा सन् १७२३ देखि १७३५ सम्म राजा योंगजोंगको राज्यकालमा प्रचलनमा थियो ।

एक पर्यकटले चीनको एन्टिक शपमा २० पाउन्डमा किनेका थिए र त्यसलाई सोर्डर्स फाइन आर्ट अक्सनीयर्सले लिलामीमा राखियो ।  कचौराको न्यूनतम बोली आठ हजार पाउन्ड राखिएको थियो तर पाँच गुणा बढी मूल्यमा बिक्यो । एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ