पोखरामा कुखुराको खोरमा चितुवा ! डार्टिङ गरी उद्धार केन्द्रमा

पोखरामा कुखुराको खोरमा चितुवा ! डार्टिङ गरी उद्धार केन्द्रमा

chituwa

पोखरा महानगरपालिका वडा नं. १६ सिप्लेकुनाको एक कुखुराको खोरमा पसेको चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिइएको छ । अहिले चितुवालाई पोखरा पचभैया स्थित पोखरा जुलोजिकल पार्क अन्तर्गतको वन्य जन्तु उद्धार केन्द्रको खोरमा राखिएको छ । स्थानीय सोभित बहादुर केसीले पालेका कुखुराको खोरमा मंगलबार राति वयस्क पोथी चितुवा पसेको हो ।

चितवनबाट बन्यजन्तुलाई टाढैबाट बेहोस बनाउने सुई राख्ने प्रविधियुक्त टोली झिकाई नियन्त्रणमा लिएको हो । जसलाई डार्टिङ विधि भनिन्छ । कुखुरा खोरमा चितुवा पसेपछि खोर धनी केसीले डिभिजन बन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालय कास्कीले चितवनबाट ४ जनाको डार्टिङ टोली बोलाई चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिएको सहायक वन अधिकृत शालिकराम पराजुलीले जानकारी दिए ।

कुखुराको खोरमा पसेको चितुवा ढोका आफै बन्द भएपछि थुनिएको थियो । खोरमा पसेको चितुवा धेरै कुखुराको आवाजले डराएर बाहिर निस्कन फलाम जाली तर्फ बल गर्दा घाईते हुन पुगेको थियो । चितुवाको आँखामा चोट लागेको छ । चितुवा लडिरहेकै अवस्थामा धनीले देखेका थिए । एक्कासी चितुवा देखेर डराएका उनीहरुले केही बेर ढोका खोलेर राख्दा समेत चितुवा बाहिर ननिस्केपछि बन कार्यालयलाई खबर गरेका हुन् । डरले एकै ठाउँमा जम्मा भएका कारण १० वटा जति कुखुरा मरेको पराजुलीले बताए । केसीको घरमा कुकुर समेत भएकोले सो ठाउँमा आएको हुनसक्ने अनुमान गरिएको छ ।

डार्टिङ टोलीले कुखुरालाई समेत कुनै क्षति नपु¥याइ सफल रुपमा चितुवालाई नियन्त्रणमा लिएको पराजुलीले जानकारी दिए । घाईते चितुवाको प्राविधिक टोलीले हेरचाह गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ