तनहुँको भानुमा फेरि चितुवाको आक्रमण : ६ वर्षीय बालक घाइते

तनहुँको भानुमा फेरि चितुवाको आक्रमण : ६ वर्षीय बालक घाइते

Hemraj Sunuwar Bhanu Chituwa

डुम्रेस्थित लक्ष्मी अस्पतालमा बालकको उपचार हुदैँ । तस्बिर सौजन्य : शिव कुमार श्रेष्ठ

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको भानुमा आइतबार साझा ६ बजे एक बालक घाइते भएका छन् । घाइते हुनेमा तनहुँको भानु नगरपालिका–२ ठुलो बगैचाका ६ वर्षीय हेमराज सुनुवार राई रहेका छन् । भानुमा फेरि चितुवाको आक्रमण भएको हो ।

यसअघि पनि पटक-पटक चितुवाको आक्रमण भएको थियो । चितुवाको आक्रमणमा परी घाइते भएका सुनुवार होम राज लोहनी सारदा शिक्षा सदनमा कक्षा १ मा आध्ययनरत रहेका छन ।

तनहुँको भानुमा नरभक्षी चितुवाको आतंक : चितुवा नियन्त्रणमा लिन जंगलमा फलामे खोर 

चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचारको पश्चात भरतपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरि नायव निरिक्षक पूर्ण बहादुर थापाले जानकारी दिए । उनको घाँटी र ढाडमा चितुवाको नङग्राले चिथोरेको छ । अवस्था गम्भिर नरहेको थापाले बताए ।

चितुवाको आक्रमणमा परि घाइते भएका वर्षीय बालक हेमराज सुनुवार राई । तस्बिर सौजन्य : शिव कुमार श्रेष्ठ

घरको आँगनमा दाजुभाई खेल्दै गर्दा चितुवाले आक्रमण गरेको बालकका हजुरबुबा लिई उधृत गर्दै प्रनानि थापाले बताए । ‘दाजुभाई आगनमा खेदै रैछन, त्यहि बेला चितुवाले भाई लाई आक्रमण गरि घर तलको बारीमा पुर्याएछ’, थापाले भने ‘त्यहि बेला बालकको दाई अन्दाजी १० वर्षीय विराज सुनुवार कराएर हजुरआमा लाई बोलाएपछि चितुवा भागेछ ।’

हजुरआमा र स्थानियले लगत्तै बालक लाई अस्पताल ल्याएका थिए । घर एकान्त र जंगल नजिक रहेको प्रनानि थापाले बताए । बालकको आमा विदेशमा रहेको र बाजे-बजै संग यहाँ बसेको प्रहरी जानकारी दिए ।

भानु नगरपालिका क्षेत्रमा यस अगाडि अघिल्लो आर्थिक बर्ष पनि चितुवाको आक्रमण परी ४ जना बालबालिकाको ज्यान गएको थियो । जुन घटनाका कारण स्थानीयहरु निकै त्रसित भईरहेका थिए । यो पछिल्ला घटनाले झन स्थानीयहरु त्रसित हुन पुगेका छन् ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल तनहुँ जिल्लामा सबैभन्दा बढी मानव वन्यजन्तु द्धन्द्धको घटना भानु नगरपालिकामा भएको बताउँछन् । अघिल्लो आर्थिक बर्षमा जिल्लामा कुल २४ वटा मानव वन्यजन्तु द्धन्द्धको घटना भएकोमा भानु नगरपालिकामा मात्रै १५ वटा घटना हुन पुगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ