चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई १० लाख राहत दिइने, तत्काल ५० हजार दिईयो

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई १० लाख राहत दिइने, तत्काल ५० हजार दिईयो

chituwa

तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी ९ बर्षिया बालिका पुष्पा अधिकारीको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत रकम प्रदान गरेको छ ।

तनहुँको भानु नगरपालिका–२ भकुण्डथोकमा चितुवाको आक्रमणबाट ज्यान गुमाएकी स्थानीय पुष्पाको परिवारलाई वन कार्यालयले तत्काल ५० हजार राहत प्रदान गरेको हो ।

मृतककी आमा दुर्गा अधिकारीलाई तत्काल ५० हजार प्रदान गरेको बताउँदै डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्ने बताएका छन् ।

उनका अनुसार पीडित परिवारलाई १० लाख रुपैँया क्षतिपूर्ति उपलब्ध गराइनेछ ।

सम्बन्धित समाचार :-

http://gandaknews.com/bhanu-chituwa-balikam/

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds