रोट्रयाक्ट दमौली र कान्तिपुरद्वारा मदर्शा प्रावि भानुका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

रोट्रयाक्ट दमौली र कान्तिपुरद्वारा मदर्शा प्रावि भानुका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

shaisik gp

किरण श्रेष्ठ, तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौली र कान्तिपुरले तनहुँको भानु नगरपालिका-१३ मा रहेको नेपाल इस्लामिक हनफिया मदरसा प्राविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शनिबार क्लबले एक कार्यक्रम गरी उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको क्लबका प्रोफेसनल सर्भिस डिरेक्टर विशाल श्रेष्ठले जानकारी दिएका छन् ।

रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ कान्तिपुर ट्विन क्लब समेत हुन । दुई वटा क्लब मिलेर हरेक वर्ष संयुक्त कार्यक्रम गर्दै आइरहेका छ्न । श्रेष्ठका अनुसार क्लबले विद्यार्थीहरुलाई झोला, छालाको जुत्ता, मोझा, कापि, कलम, र स्कुल ड्रेस गरी करिब ६५ हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको छ ।

उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रमका लागि नेपाल महिला चेम्बर काठमाडौ जमलले विशेष सहयोग गरेको उनले बताए । मुस्लिम समुदायको कमजोर आर्थिक अवस्था भएको परिवारको बालबालिका पढ्ने र शैक्षिक सामाग्रीको आवस्यकता देखिएकोले उक्त मदर्सामा शैक्षिक सामाग्री वितरण गरिएको क्लबले जनाएको छ ।

रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी पुर्वअध्यक्ष श्रृष्टि त्रिपाठिको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भानु १३ का वडाअध्यक्ष राम बहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको संयोजक क्लबका प्रोफेसनल सर्भिस डिरेक्टर विशाल श्रेष्ठ र आगामी वर्षका अध्यक्ष मनोज राउत रहेका थिए भने कार्यक्रमको संचालन क्लबका कोषाध्यक्ष राज कुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds