जब काभ्रेमा थुन नभएको गाईले बाच्छो पायो. . . !

जब काभ्रेमा थुन नभएको गाईले बाच्छो पायो. . . !

cow-god-in-nepal

काभ्रे–बेथानचोक गाउँपालिका ३ ढुङ्खर्कका किसान केदारनाथ सापकोटा अहिले एउटा समस्यामा छन् । पहिलेदेखि नै खेतिपातिसँगै गाईपालन गर्दै आएका सापकोटालाई एकाएक समस्या आएको छ । उनले घरमा पालेको कोरली गाई व्याएको छ । तर, उसले दूध दिने थुन नहुँदा समस्या परेको छ ।

यो समस्या समाधानका लागि उनी पशुचिकित्सक कहाँ पुगे पनि त्यसको समाधान निस्केको छैन । पशु चिकित्सकहरुले दूध सुकाउनु बाहेकको अर्को विकल्प नरहेको बताएका छन् । उनले गाईको थुन नभएको बारे गाइ व्याउने भएपछि मात्र थाहा पाएका थिए । पहिला घरको कोरलो गाईले बहर खोजेपछि पशुप्राविधिक बोलाएर कृतिम गर्भाधान गराएको बताए ।

पहिले थाहा नभएपनि गाई व्याउने भएपछि थुनको समस्या रहेको थाहा पाएका उनले विस्तारै पलाउने आशा गरेका थिए । तर, त्यो समस्या गाईले बाच्छो खसाउँदा सम्म समाधान भएन । पशु चिकित्सकहरुले गाईमा वंशाणुगत रोग भएका कारण यस्तो हुनसक्ने बताएका छन् ।

भेटनरी तथा पशु विज्ञ केन्द्र काभ्रेका पशु विशेषज्ञ डा. नवीन उपाध्यायले गाईको कल्चौडामा थुनको निसाननै नभएको बताए । अहिले बाच्छालाई अरू गाईको दुध खुवाउने र उक्त गाईको दुध सुकाउनेबाहेक विकल्प नरहेकोले सोही अनुसार औषधि गर्दै गरेको सापकोटाले बताए । यो समस्या आउन नदिन गर्भाधान गराउने बेलामा गाईपाल्ने किसान र प्राविधिक दुवैले ध्यान नपुर्‍याउँदा यस्तो समस्या आएका चिकित्सकहरुको भनाई छ। news source :khabarhub

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ