पर्वतमा गाई भैँसीलाई भत्ता

पर्वतमा गाई भैँसीलाई भत्ता

Cow tag

पर्वत : जलजला गाउँपालिकामा रहेको पशुसेवा शाखाले पशुमा क्रृत्रिम गर्भधारण सेवालाई कृषकमाझ पुर्याउन आकर्षक कार्यक्रम सार्वजनिक गरेको छ। कृषकलाई क्रृत्रिम गर्भाधानप्रति अकर्षण गराउन सुत्केरी गाईभैँसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

आर्थिक वर्ष २०७५\०७६ को कार्यक्रममा गाईभैँसीलाई क्रृत्रिम गर्भधारण गराउने कृषकलाई पोषण भत्तास्वरूप दुई हजार पाँस सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको पशु चिकित्सक विभल शर्मा पौडेलले जानकारी दिए।

क्रृत्रिम गर्भधारण गराउँदा उत्पादन वृद्धि हुनुका साथै नश्लमा समेत सुधार आउने उनको दाबी छ। त्यसैगरी दुग्ध सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान दिने कार्यक्रम पनि रहेको बताइएको छ। जलजला गाउँपालिका पशुपालन र तरकारीमा जिल्लाकै अग्रणी मानिन्छ। मासु, अण्डा र दूधमा पनि यो गाउँपालिका आत्मनिर्भरोन्मुख हुँदै गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ