नेकपाले तोक्यो सातै प्रदेशमा नेतृत्व, गण्डकीमा पृथ्वीसुब्बा ईन्चार्ज, हितराज अध्यक्ष,

नेकपाले तोक्यो सातै प्रदेशमा नेतृत्व, गण्डकीमा पृथ्वीसुब्बा ईन्चार्ज, हितराज अध्यक्ष,

Nekapa

पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्जको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ इन्चार्जको जिम्मेवारी पाएकाा छन् भने हितराज पाण्डेले अध्यक्षको जिम्मेवारी पाए । गुरुङ साविक एमालेका केन्द्रिय सचिव हुन् । उनी हाल गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा कार्यरत छन् ।

यस्तै प्रदेशको अध्यक्ष बनेका पाण्डे साविक माओवादीका नेता हुन् । प्रदेशको सह इन्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपाली चयन भएका छन् ।

अन्य प्रदेश

प्रदेश १:

इन्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे
सहइन्चार्ज साबित्री कुमार काफ्ले, सचिब सुरेश बहादुर राई

प्रदेश २

इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभू साह
सहइन्चार्ज विश्वनाथ साह, सचिब सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष हितमान शाक्य
सहइन्चार्ज नारायण दाहाल, सचिब आनन्द पोख्रेल

प्रदेश ५

इन्चार्ज शंकर पोख्रेल, अध्यक्ष ओनसरी घर्ती
सहइन्चार्ज दलबहादुर राना, सचिब जग प्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्ज जनार्दन शर्मा, अध्यक्ष गोरख बहादुर बोगटी
सहइन्चार्ज यमलाल कंडेल, सचिब यामप्रसाद शर्मा

प्रदेश ७

इन्चार्ज भीम रावल, अध्यक्ष कर्ण थापा
सहइन्चार्ज लक्ष्मणदत्त जोशी, सचिब नेप चौधरी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ