नेकपाका ७ प्रदेशका नेता यी हुन्, गण्डकीमा एमालेबाट १०२, माओवादी ८५ गरी १८७ (पूरा नामावली)

नेकपाका ७ प्रदेशका नेता यी हुन्, गण्डकीमा एमालेबाट १०२, माओवादी ८५ गरी १८७ (पूरा नामावली)

kp prachanda

काठमाडौं : नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाएको छ। नेकपाको सचिवालय बैठकले सदस्यहरूको नामावली टुंगो लगाएको हो।

बैठकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट नेकपाको सातवटै प्रदेश कमिटी एकीकरणको टुंगो लगाएको हो। यसअघि, नेकपाले प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ। १२ गतेको बैठकले प्रदेश कमिटी टुंगो लगाए पनि नामावली भने सोमबार मात्र सार्वजनिक गरेको हो।

पार्टी एकताकै क्रममा अझै नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकीकरण तथा जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ। उक्त एजेन्‍डामा आगामी सचिवालयमा मात्र छलफल हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कुन प्रदेशमा कति?

प्रदेश १ र ७ मा इञ्चार्ज र अध्यक्ष दुवै तत्कालीन एमालेबाट छन्। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इञ्चार्जको जिम्मेवारी पाउँदा अरू प्रदेशमा सरकारमा नरहेका नेताहरूले जिम्मेवारी पाएका थिए। इञ्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र सचिवको जिम्मेवारी पाएको सुरेशबहादुर राईको प्रदेश नम्बर एकको प्रदेश कमिटीले पनि पूर्णता पाएको छ।

विधानतः २ सय ७ सदस्यीय रहेको प्रदेश कमिटीमा तत्कालीन एमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ जना सदस्यको नाम समावेश गरिएको छ।

यस्तै, प्रदेश नम्बर २ मा तत्कालीन एमालेबाट १ सय ६ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन्। पार्टी एकतापश्चात अन्य पार्टीबाट प्रवेश गरेका ३ जनालाई समावेश गरिएको छ। प्रदेश २ मा विधानतः २ सय १५ सदस्य प्रदेश कमिटीको व्यवस्था गरिएको हो।

प्रदेश २ को इञ्चार्जमा मण्डल, अध्यक्षमा प्रभु साह, सह–इञ्चार्जमा विश्वनाथ साह र सचिवमा सुमन प्याकुरेललाई यसअघि नै जिम्मेवारी दिइसकिएको छ।

प्रदेश नम्बर ३ मा तत्कालीन एमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ जना सदस्य रहने गरी २ सय १७ सदस्यीय प्रदेश कमिटीलाई पूर्णता दिइएको छ।यसअघि नै इञ्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सह–इञ्चार्ज हितबहादुर तामाङ र सचिवको जिम्मेवारी आनन्द पोख्रेलले पाइसकेका छन्।

गण्डकी प्रदेशको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ छन्। गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री समेत हुन। यस्तै अध्यक्षमा हितराज पाण्डे, सह–इञ्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपालीलाई असोजमा जिम्मेवारी तोकिएको थियो। प्रदेशलाई पूर्णता दिने क्रममा तत्कालीन एमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५ जना गरी १ सय ८७ सदस्यीय कमिटीलाई पूर्णता दिइएको हो।

यस्तै प्रदेश ५ मा मुख्यमन्त्रीसमेत रहेका शंकर पोख्रेल इञ्चार्ज छन् भने सहइञ्चार्जमा दलबहादुर राना, अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा यसअघि नै नियुक्त भएका छन्। बुधबारको बैठकले यो कमिटीलाई पूर्णता दिँदै तत्कालीन एमालेबाट १ सय ६ जना र तत्कालीन माओवादी केन्द्रबाट ९७ जना रहने गरी २ सय ३ सदस्यीय समिति बनाएको छ।

यस्तै कर्णाली प्रदेशमा जनार्दन शर्मा इन्चार्ज, गोरखबहादुर बोगटी अध्यक्ष, यमलाल कँडेल सह-इञ्चार्ज र सचिवमा मयाप्रसाद शर्मा छन्। यो कमिटीले पनि अहिले पूर्णता पाएको छ। कर्णाली प्रदेशमा तत्कालीन एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना रहने गरी १ सय ७५ सदस्यिय प्रदेश कमिटी बनाएको छ।

सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज भीम रावल, अध्यक्षमा कर्ण थापा, सह–इञ्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरी छन्। सुदूरपश्चिममा तत्कालीन एमालेबाट १ सय र माओवादी केन्द्रबाट ८३ जना रहने गरी १ सय ८३ सदस्यीय प्रदेश कमिटी बनाइएको छ।

हेर्नुहोस् पूर्णसूचीः

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”18269″ /]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ