Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

नेपालको सानो फेवाताल पर्यटक कुर्दै

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको प्रवेशद्धारमै रहेको ‘सानो फेवाताल’को नामले चिनिने दह तालको संरक्षणमा स्थानीयले चासो देखाएपनि पर्यटकको पर्खाइमा रहेको छ ।  तलको बीचमा गाउँ र प्रकृतिको हरियो विम्ब (छायाँ) देखिने ताल निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको ताल संरक्षण समितिका अध्यक्ष कुलबहादुर थापाले बताए  ।

Loading...

उहाँका अनुसार आर्थिक सहयोगले तारबार सहित केही संरचना बनाएपनि तालमा स्नान गर्न मिल्ने गरी आसपासका क्षेत्रमा साईकिलिङको सुविधालाई समेत मध्यनजर गरेर पूर्वाधारको आवश्यकता रहेको छ । नीलो रङ्गको तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको छ । तालको बीचमा रहेको बराहलाई पोखराको फेवातालमा रहेको बराह देवताको भाईको रुपमा समेत चिनिन्छ ।

beacon

ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा गाउँको पुछारमा अवस्थित यो ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने त्यहाँ घुम्न गएका बेनीका नरेश श्रेष्ठले बताए ।

श्रेष्ठले तालका बारेमा जानकारी पाएपछि घुम्न आएको बताउँदै ताल देखेर उत्साहित भएको प्रतिक्रिया समेत दिनुभयो । साथीहरुलाई समेत घुम्न जान अनुरोध गर्ने उहाँको भनाइ थियो । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने भएपनि अन्य समयमा सुनसान हुने गर्छ । दह ताल करिब पाँचसय बर्ग्मिटर क्षेत्रफलमा फैलिएको छ ।

ध्रुबसागर शर्मा /ढोरपाटन न्यूज

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?