तिन महिने हिमपातबाट जोगिन मनाङका स्थानियबासि दाउरा संकलनमा व्यस्त

तिन महिने हिमपातबाट जोगिन मनाङका स्थानियबासि दाउरा संकलनमा व्यस्त

Daura Sankalan1

नेगम परियार,मनाङ । कार्तिक महिनाको अन्तय हुन लागिरहदा हिमाल पारिको जिल्ला मनाङमा हिजो आजको समयमा मनाङ्गेहरु दाउरा काटन तथा दाउरा संकलनमा व्यस्त देखिन्छन । अबको तिन महिना जाडोको महिना हुने भएकोले यो समयमा मनाङका स्थानियबासीहरु दाउरा काटने र दाउरा जम्मा गर्ने गर्दछन ।

मंसिर, पौष र माघ महिना मनाङमा हिमपात हुने भएकोले यी तिन महिना अति जाडो हुने गर्दछ । बर्षै भरि दाउरा संकलनमा लागे पनि यो समय भने यहाँका स्थानीय बासीहरु कामकाज छोडेरै दाउरा संकलनमा लागी पर्दछन । होटल व्यवसाहिहरु भने पर्यटकको आगमन भैरहेकोले होटल नै समाल्नमा व्यस्त देखिन्छन ।
होटल व्यवसाहिहरु भने कामदार लगाएरै भए पनि दाउरा संकलन गर्ने गर्दछन । होटल व्यवसाहि र स्थानीले मात्र होईन यो समयमा सरकारी तथा गैर सरकारी कार्यालयमा पनि दाउराको अति आवश्यक हुने भएकाले पनि सरकारी तथा गैर सरकारी कार्यालयहरुले पनि स्थानीय बासिहरुबाट दाउरा खरिद गर्दछन ।

यहाँ स्थानीयबासी तथा कर्मचारीहरुलाई पनि आफ्नो ब्यक्तिगत उपयोगको लागी दाउरा संकल गर्नको लागी कुनै समस्या छैन तर कर्मचारीहरु कामकाजमै व्यस्त हुने भएकाले दाउरा संकलन गर्न भ्याउदैनन । त्यसैले कर्मचारी र कार्यालयहरुले स्थानियबासीहरुबाट दाउरा खरिद गर्छन ।

कर्मचारी र कार्यालयको हकमा दाउरा खरिद गर्दा एक महिना दाउरा संकलन गर्नको लागी तिन सय रुपैँया राजस्व तिर्नु पर्छ । तर बिक्रि बितरणकै लागी दाउरा संकलन गर्ने ब्यक्तिको लागी भने सो भन्दा बढी गाउँपालिकाको नियम अनुसार गाउँपालिकाले तोकेको रकम तिरि दाउरा संकलन गर्न पाउने छन ।

यहाँ दाउरा खरिद बिक्रिमा दुई तरिकाबाट दाउराको खरिद बिक्रि गरिने गर्दछ । एक भारीको हिसाब बाट र अर्को चट्टाको हिसाबले यहाँ दाउराको खरिद बिक्रि हुने गरेको दाउरा बिक्रि गर्दै आएकी चामेकी धनमायाँ बि.क.ले बताईन । भारीको रु.१५० रुपैँया र चट्टाको घरसम्म ल्याईदिएको रु. १०,००० रुपैँयामा बिक्रि बितरण हुने गरेको बि.क.को भनाई छ ।

बाह्रै महिना दाउराको खपत हुने यो क्षेत्रमा दाउराको अति आवश्यक देखिन्छ । हिमाली भेग भएकाले पनि यहाँ अति दाउराको आवश्यक हुने गर्दछ । यहाँ ग्यासको उपयोग नभएको होईन तै पनि आगोले गर्ने काम ग्यासले गर्दैन बि.क.ले भनिन ।
हरेक गाउँपालिकाले दाउरा संकलनको लागी स्थानीय स्तरमै दाउरा संकलन समिति गठन गरि दाउराको निति नियम बनाई समितिको रोहबरमा दाउरा संकलन गरिन गरेको चामे गाउँपालिका स्तरिय दाउरा संकलन समितिका अध्यक्ष अनिता लामाले बताईन ।

दाउरा संकलकै लागी पनि मनाङ जिल्लाको तल्लो भेगहरुमा खासै समस्या छैन तर माथिल्लो भेगहरुमा भने दाउराको समस्या छ । माथिल्लो भेगमा अति जाडो र बारै महिना हिउँ पर्ने भएकोले पनि माथिल्लो भेगहरुमा ठुला ठुला रुखहरु नहुने भएको र जंगल पनि कम र नाङगा डाँडाँकाडाँ हुने भएकोले दाउरा संकलको लागी धेरै टाढा जानु पर्ने माथिल्लो भेगका स्थानीयबासीहरुको भनाई छ ।

अबको तिन महिना हिउँ पर्ने र कुनै पनि कामकाज गर्न नसकिने भएकोले र सोहि समयमा आगो अति चाहिने भएकाले यो समयमा दाउरा संकलन गर्नमा यहाँ स्थानीय दाउरा संकलनमा ब्यस्त भएका हुन ।

यहाँका कतिपय स्थानियहरु पुर्जी काटेर दाउरा संकलन गरि दाउरा बिक्रि गरि राम्रो आम्दानी समेत गरेका छन भने यो समयमा दाउरा संकलनका लागी धेरैले रोजगारी समेत पाएका छन । दाउरा मनाङ जिल्लामा प्रमुख ईन्धनको स्रोत हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ