चार करोड लगानीमा डेभिज फल र अमरसिंहमा ड्राइभिङ स्कूल: पारिवारीक वातावरणमा सवारी सिक्नेको भीड

चार करोड लगानीमा डेभिज फल र अमरसिंहमा ड्राइभिङ स्कूल: पारिवारीक वातावरणमा सवारी सिक्नेको भीड

Davis Fall

तपाईं ड्राइभिङ लाइसेन्स निकाल्ने सोचमा हुनुहुन्छ ? सबैको चाहना हुन्छ, पैसा थोरै लागोस्, समय बढी खर्चन नपरोस्, पारिवारीक वातावरण होस् । यसरी चाहेजसतै सवारी चलाउन सिकेर लाइसेन्स निकाल्नका लागि भरपर्दो इन्स्टिच्युट जानुपर्छ ।

https://www.facebook.com/gandakinews/videos/2112803582144036/

विगत दुई वर्षदेखि पोखराको पर्यटकीय क्षेत्र डेभिज फलमा हाइवे नजिकै डेभिजफल ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट सेन्टर सेवारत छ । बजार क्षेत्रभित्र बस्नेहरुका लागि अमरसिंहचोकमा फिस्टेल ड्राइभिङ स्कुल छ । यी दुई ड्राइभिङ स्कूलका लागि व्यवसायी तुलबहादुर ठकुरी लगायतले साझेदारीमा झण्डै चार करोड लगानी गरेका छन् ।

डेभिजफल स्थित २२ रोपनी जग्गामा बनेको सुविधासम्पन्न संरचनामा कारका लागि एक र मोटरसाइकल स्कुटरका लागि पक्की दुई ट्रायल संरचना छन् । जहाँ ७ ट्याक्सी, ७ स्कुटर र ५ बाइक प्रशिक्षणका लागि राखिएका छन् । बिहानैदेखि साँझसम्म भिड हुने यो स्थान रमणीय छ । भिडभाड र कोलाहल मुक्त यहाँ भित्रै थकाली किचनको समेत व्यवस्था छ ।

यस्तै, अमरसिंहचोक स्थित फिस्टेल ड्राइभिङमा ७ ट्याक्सी ८ स्कुटर र ४ बाइकबाट प्रशिक्षण दिइन्छ । दुवै ठाउँमा धेरै सवारी साधन रहेकाले पालो कुनुपर्ने झण्झट छैन । डेविजफलमा पर्याप्त स्थान भएकाले पनि धेरै प्रतिक्षा गर्नु पर्दैन । अमरसिंहमा भवन संरचनाले गर्दा डेविजफल भन्दा सानो स्थान छ । १० रोपनी जग्गामा फिस्टेलको संरचना तयार छ ।

व्यवसायीहरुले प्रालि नै दर्ता गरी दुई ठाउँमा यसरी ड्राइभिङ स्कुल चलाइरहेका छन् । जसको अध्यक्ष तुलबहादुर ठकुरी छन् । उनले दुई पटकसम्म ड्राइभिङ स्कुल संघ गण्डकीको नेतृत्व लिइसकेका छन् । पोखरा रंगशालाबाट विस्थापन भएपछि व्यवसायीहरुले आफ्नै हिसाबले यसरी ट्रेनिङ सेन्टर खोलेर सवारी चलाउन सिकाइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds