पर्वतमा करेन्ट लागेर दुई जनाको मृत्यु

पर्वतमा करेन्ट लागेर दुई जनाको मृत्यु

पर्वतको महाशिला गाउँपालिका–४ पाखापानीको धुवाँकोटमा शुक्रबार बिहान करेन्ट लागेर दुई जनाको मृत्यु गएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतको सूचना अनुसार करेण्ट लागेर ज्यान गुमाउनेमा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्री रहेका छन्।

काठका खम्बामा विस्थापित गरी फलामका खम्बा गाड्ने क्रममा करेन्ट लागेर उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। दुवै जनाको शवलाई पोस्टमार्टमको लागि शुक्रबार नै जिल्ला अस्पतालमा पर्वतमा लगिने प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ