गाडि ब्याक गर्दा ठक्कर लागेर गोरखाका श्रेष्ठको घटनास्थलमै मृत्यु

गाडि ब्याक गर्दा ठक्कर लागेर गोरखाका श्रेष्ठको घटनास्थलमै मृत्यु

death body

पोखरा । आईसर गाडि ब्याक गर्दा ठक्कर लागेर गोरखामा एक जनाको मृत्यु भएको छ । गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ बेनी गाँउमा गाडी ब्याक गर्दा ठक्कर लागेर दिँदा ५८ को देवनारायण श्रेष्ठको ज्यान गएको हो ।

बा ५ ख ११७१ नम्बरको आईसर गाडिले ठक्कर दिँदा सोही ठाउँका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ