तनहुँको आबुँखैरेनीमा बसको ठक्करबाट गोरखाका २८ वर्षका थापाको मृत्युु

तनहुँको आबुँखैरेनीमा बसको ठक्करबाट गोरखाका २८ वर्षका थापाको मृत्युु

tanahu acc

पोखरा  । बाग्लुङबाट सुनौली जाँदै गरेको बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान तनहुँको आबुँखैरेनीमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनौली जाँदै गरेको लु १ ख ८००२ नम्बरको बसले बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्ग अन्तर्गतको आबुँखैरेनीमा ठक्कर दिँदा गोरखा घर भई आबुँखैरेनी बस्दै आएका २८ वर्षका यमबहादुर थापाको मृत्यु भएको हो ।

प्रहरीले बस र ड्राइभरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds