अस्पतालमा डेङ्गु परीक्षण गर्न आउने बिरामीको भीड, के हो डेङ्गु ?

अस्पतालमा डेङ्गु परीक्षण गर्न आउने बिरामीको भीड, के हो डेङ्गु ?

Dengu-2

काठमाडौँ लगायत देशभर डेङ्गु रोग प्रकोपका रुपमा  देखापरेको छ । केही वर्ष अघिसम्म नेपालमा डेङ्गुका बारेमा हामीले न त सुनेका थियौं, न त पढेका नै थियौं तर आजसम्म आइपुग्दा यो झन्डै महामारीको अवस्थामा देखिन थालेको छ।

के हो डेङ्गु

डेङ्गु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई रोग सर्दछ । विसं २०७६ को वैशाखदेखि हालसम्म छ हजारभन्दा बढी बिरामी भइसकेका जनाइएको छ ।

प्रायः सो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा शुरु भएपछि सो रोग बढी देखा पर्ने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने छ ।

के हुन बच्ने उपायहरु

मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने सुझाव चिकित्सकको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ