तनहुँ: भानु नगरपालिकाको ढल्केबरमा चितुवाको आक्रमणबाट १० वर्षिय बालकको मृत्यु

तनहुँ: भानु नगरपालिकाको ढल्केबरमा चितुवाको आक्रमणबाट १० वर्षिय बालकको मृत्यु

Amrit Gurung Bhanu1

किरण श्रेष्ठ, तनहुँ । शनिबार साँझ चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका वडा नं. २ ढल्केबरका १० बर्षिय अमृत गुरुङ्गको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

साँझ ६ बजे खाना खाएर हात धुन आगनमा निस्केका गुरुङलाई चिुतवाले आक्रमण गरि घाइते बनाएको र उपचारको क्रममा लक्ष्मि अस्पताल डुमेमा मृत्यु भएको स्थानीयले बताएका छन् ।

सो घटना पछि भानु नगरपालिका वडा नं २ ढल्केबरमा चितुवाको आक्रमणबाट बलकको मृत्यु पछि सो आसपासमा जंगलमा चितुवा खोज्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुखको सिद्धि विक्रम शाहले जानकारी दिए ।

यसअघि पनि भानु नगरपालिकामा चितुवाको अाक्रमणबाट २ बालबालिकाले ज्यान गुमाई सकेका छन् । कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका-४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । उक्त घटना भएको १७औँ दिनको दिन शनिबार राति १० वर्षीय अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

कार्तिक २९ गते भानु ४ कि ४ बर्षिय रन्जिता लम्सालको हत्या पश्चात् सुरक्षाकर्मीले चितुवाको खोजि गरेपनि फेला नपरेपछि छाडेको थियो । त्यस्तै मंसिर १ गते नै भानु नगरपालिका-२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो । तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए ।

यस्तै, गत वर्ष२०७४ फागुन १ गते भानु नगरपालिकाको वडा नं. ३ मा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस :

तनहुँको भानु नगरपालिकामा चितुवा आतंक: बस्तीमै पसेर मानिसको ज्यान लिने चितुवा नियन्त्रण गर्न प्रहरी परिचालन

बाघको आक्रमणबाट तनहुँको जोखानीकी ४ वर्षिया बालिकाको मृत्यु

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ