पर्यटन वर्षको प्रचारका लागि पोखरेली साइकले ठिटो दिवसको ४० दिने नेपाल यात्रा

पर्यटन वर्षको प्रचारका लागि पोखरेली साइकले ठिटो दिवसको ४० दिने नेपाल यात्रा

Divas

पोखरा- साइकल यात्री दिवश गुरुङले असोज नेपाल साइकल यात्रा सुरु गरेका छन् । गुरुङले साइकलयात्रामात्रै गर्ने छैनन्, विभिन्न सन्देश प्रवाह पनि गर्ने छन् । पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उनको योजना छ । साइकलले स्वास्थ्य, पर्यटन र वातावरणमा पार्ने प्रभावका बारेमा बताउने छन् ।

साइकल तथा सामाजिक अभियन्ता गुरुङले सोमबारदेखि साइकल यात्राको थालनी गर्दैछन् । प्रदेश नम्बर १ र २ का सबै जिल्ला र अरु प्रदेश हुँदै पूर्वपश्चिम साइकल यात्रा गर्ने दिवसले दसैंतिहार यात्रामै मनाउने छन् ।

ट्युसन पढाएर आएको आम्दानीको बचत गर्दै दिवसले यात्रा गर्न लागेका हुन् । उनले साइकल यात्राकै लागि भनेर झन्डै १ लाख रुपैयाँ ट्युसनको आम्दानीबाट जोगाएर राखेका थिए ।

साइकल यात्रामा रक्तदानबारे जनचेतना जगाउने छन् । अर्को महत्वपूर्ण सन्देश उनले अटिजम सम्बन्धी बुझाउने छन् । यात्रामा १० हजार जनालाई यसबारे बताउने उनको योजना छ । यात्रामा पर्ने विभिन्न विद्यालयमा बालबालिका सम्बन्धी देखिने अटिजम समस्याबारे पम्लेट बाँड्ने छन् । देशमा थुप्रै अटिजम भएका बालबालिका भए पनि पहिचान र यसबारे थाह हुन नसकेको दिवस बताउँछन् ।

स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपांगतालाई अटिजम भनिन्छ । सुस्त मनस्थिति जस्तो देखिने तर ढिलो मानसिक विकास हुनु अटिजम हो । भनेको नमान्ने, आफ्नै सुरू गर्ने, एकोहोरो हुने, टोलाइरहने, कोपर्ने जस्ता लक्षणदेखिए पनि अटिजम हुन सक्छ । बालबालिका जन्मेको लगभग दुई अढाई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । यात्रामा अटिजम, यसका लक्षण र समाधानबारे विद्यालयहरुमा दिवसले प्रस्तुति नै राख्ने छन् ।

यसअघि नै उनी काठमाडौंदेखि सिन्धुलीगडीसम्म साइकलयात्रामा पुगिसकेका छन् । काठमाडौंदेखि लुम्बिनी दुई पटकसम्म यात्रा गरिसके । साइकलबाटै चितवन, गोरखा, स्याङ्जा र कास्कीका धेरैजसो ठाउँ पनि पुगिसकेका छन् ।
दिवसले प्रत्येक जन्मदिन पनि फरकफरक तरिकाले मनाउँदै आएका छन् । उनी कहिले बालगृह पुग्छन् त कहिले वृद्धाश्रम । यसपाली उनले रक्तदानको आह्वान गरेर २४ औं जन्मदिन मनाए । गोरखामा गएको भूकम्पदेखि चितवनका चेपाङ परिवारसम्म उनको सहयोगी हात पुगेका छन् ।

साइकल यात्री गुरुङले ७२ सालमा गएको महाभूकम्पा भारतले गरेको नाकाबन्दीका कारण साइकल चलाउन हौसिएको सुनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ