दिलिप रायमाझीकी छोरी फिल्म ‘लक्का जवान’मा हिरोइन !

दिलिप रायमाझीकी छोरी फिल्म ‘लक्का जवान’मा हिरोइन !

Dilip chhori

काठमाडौँ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने हल्ला फिल्म वृत्तमा चल्न थालेको छ । हास्य कलाकार शिवहरि पौडेल धेरै हास्यटेलिसिरियल निर्देशन गरिसकेका छन् । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ उनको निकै नै फेमस थेगो हो । उनले अब चलचित्र पनि निर्माण निर्देशन गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’को आइतबार हास्यकलाकार शिवहरि पौडेलले आफ्नो जन्मदिनको दिनको अवसरमा घोषणा गरेका थिए । उक्त चलचित्रका सह-निर्माता भने किरण र अभिनेता दिलीप रायमाझी रहनेछन् ।

आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । कलाकार र अन्य प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ ।निर्देशक पौडेल दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरेको र केही दिनमा टुङ्गो लाग्ने बताउँछन् ।

अमेरिकामा रहेकी दिलीपकी छोरी अभिनयमा इच्छुक रहेको तर अहिल्यै डेब्यु गर्ने नगर्ने उनले आधिकारिक जानकारी दिन बाँकी रहेको खुलेको छ । उनी फिल्ममा प्रवेश गर्न इच्छुक रहेको जानकारी प्राप्त छ । एक समय टेलिभिजनको पर्दामा जमेका कलाकारहरु पछिल्लो समय फिल्म निर्माणमा निकै आकर्षित भएको देखिन्छ । महजोडी हुँदै दीपकराज गिरी र दीपाश्री निरौलासम्मले फिल्म निर्माणमा पाइला राखिसकेका छन् । चाँडै सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि फिल्म बनाउँदैछन् । ‘भद्रगोल’ टिम पनि फिल्म निर्माणको प्रक्रियामा छ । यो भीडमा अब शिवहरी पनि थपिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ