कुकुरले खाइदियो २३ हजार रुपैयाँ, मालिकले गरे यस्तो

कुकुरले खाइदियो २३ हजार रुपैयाँ, मालिकले गरे यस्तो

Dog

काठमाडौं – उत्तरी वेल्समा लेब्राडूडल प्रजातिको एक कुकुरले आफ्नो मालिकको १६० पाउन्ड अर्थात् लगभग २३ हजार रुपैयाँ खाइदिएको छ । नर्थ वेल्सका जोडी जुडिथ र नील राइट बजार गएर फर्किंदा घरभरि नोटका टुक्रा भान्सा र हलमा छरिएको पाए । ओज्जी नामक उनीहरूको कुकुरले यसो गरिदिएको उनीहरूले थाहा पाइहाले ।

ओज्जीले नोट भरिएको एउटा खामै खाइदिएछ । त्यो खाम उसले लेटरबक्सबाट निकालेको थियो । यस क्रममा उसले लगाग २३ हजार खाइदिएछ । ओज्जीलाई तत्कालै अस्पताल लगियो । उपचारपछि कुकुरको पेटमा भएका सबै नोटलाई बान्ता गराएर बाहिर निकालियो ।

चिकित्सकहरूले उसको पेटबाट नोट र प्लास्टिक मनी ब्याग बरामद गरे । ओज्जीको उपचारमा मालिकले १३० पाउन्ड खर्च गर्नुपरेको छ । यसले गर्दा मालिकको लगभग ४५ हजार रुपैयाँ नोक्सान भयो ।

ओज्जीले यसअघि कहिले पनि पैसा नखाएको नीलले बताए । अब लेटरबक्सलाई जालीले छोप्ने र यस्तो घटना दोहोरिन नदिने उनले बताए । एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ