राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको अध्यक्षमा टेक क्षेत्री

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको अध्यक्षमा टेक क्षेत्री

dohori

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कास्कीको सातौँ अधिबेशनबाट टेक क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सर्वसम्मत चयन भएको समितिमा प्रथम उपाध्यक्षमा ज्ञानेश्वर सुबेदी, द्वितिय उपाध्यक्षमा तुलसा क्षेत्री, महिला उपाध्यक्षमा जुना क्षेत्री, सचिबमा माधब चापागाई, सहसचिबमा मधु चापागाई, कोषाध्यक्षमा सबिना गुरुङ र सहकोषाध्यक्षमा रीता कुँवर चयन भए ।

यस्तै, प्रवक्तामा परशुराम अधिकारी, सदस्यहरुमा गोबिन्द कोइराला, दिपक अधिकारी, सुनिल गायक, दुर्गा क्षेत्री, प्रकाश बराल, नारायण सुनार, नबराज अधिकारी, दिवाकर भण्डारी, बिनोद बिश्वकर्मा, गंगा त्रिपाठी र सुरेश भुर्तेल चयन भए ।

निबर्तमान अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष बद्री पंगेनी, पूर्व केन्द्रीय अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, वरिष्ठ उपाध्यक्ष रमेश बिजी लगायतले बोलेका थिए ।

सो अवसरमा कास्कीका पूर्व अध्यक्षहरु लगायत सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ