हजुरआमालाई सघाउने डोरी पासो बन्दा तनहुँका ८ वर्षीय बालकको मृत्यु

हजुरआमालाई सघाउने डोरी पासो बन्दा तनहुँका ८ वर्षीय बालकको मृत्यु

paso

तनहुँ । घरमा राखिएका सामानहरु व्यवस्थित नहुँदा बालबालिकाले मृत्युवरण गर्नुपरेको दुःखद समाचारहरु आइरहन्छन् । आगोमा परेर, खाल्डोमा जमेको पानीमा डुबेर बच्चाहरुको मृत्यु भइरहेको छ । गत जेठ २९ गते पोखरा मासबार स्थित मामाघर बस्दै आएका ४ वर्षीय बालक श्रीकृष्ण कोइरालाको नजिकै बन्दै गरेको घरको पानी ट्यांकीमा डुबेर ज्यान गयो । गत वर्ष २०७५ असारमा मात्रै तुलसीपुरमा एक ७ वर्षीय बालक शुभम गिरीको मामाघरमा झुल टांग्ने डोरी पासो बन्दा मृत्यु भयो । यस्तै, घटना तनहुँमा पनि भएको छ ।

जिल्लाको भानु नगरपालिका–१३ चन्द्रावतीका आठ वर्षीय सुवास अधिकारीको डोरीको पासो लागि मृत्यु भएको हो । आमा र हजुरबुबा काममा गएको समयमा उठबस गर्न नसक्ने वृद्धा हजुरआमासँग रहेका बालकको डोरीमा खेलिरहँदा पासो लाग्न पुगेको हो ।

९२ वर्षीया मैया अधिकारीलाई सघाउनका लागि डोरी झुण्डाइएको र खाटबाट खसेर सुवासको अचानक घाँटीमा पासो लाग्न पुगेको प्रहरीको अनुमान छ । बृद्धा हजुरआमा नसक्ने भएकाले यो दुःखद घटना हुन पुगेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds